– अर्घाखाची डट्कम सम्बाददाता
यही कार्तिक १ गते बाट सुरु भएको खाँचीकोट भलिबल कप आज ३ गते भब्यताका साथ सम्पन्न भएको छ । “स्वास्थ्यका लागी खेलकुद र राष्ट्रका लागी खेलकुद” भन्ने मुल नाराका साथ सुरु भएको यो प्रतियोगिता आज सम्पन्न भएको हो ।
खेलमा जिल्ला भरि बाट १८ वटा टिमले सहभागिता जनाएका थिए । खेलाडीको जोश र जाँगर , दर्शकहरुको खचाखच भिड र आयोजकको बिषेश ब्यवस्थापनका साथ यो खेल अत्यन्तै मर्यादित र व्यवस्थित तरिकाबाट सम्पन्न भएको छ ।
खेलमा लम्चा भलिबल टिमले आफ्नो उत्कृष्ट खेल र मेहनत प्रदर्शन गर्दै खाँचीकोट कपको उत्कृष्ट पुरस्कार र ट्रफी उचाल्न सफल भएको छ ।
यो प्रतियोगितमा प्रथम: लम्चा भलिबल टिम । द्वितिय : खाँचीकोट आयोजक टिम ( A ) तृतिय डिभर्ना भलिबल क्लवले जित हात पारे ।
कार्तिक १ गते बिषेश उद्घाटनका साथ सुरु भएको यो खेल निरन्तर ३ दिन सम्म चलेको थियो । अत्यन्तै घमाइलो र रमाइलो मौसममा हेर्ने दर्शकहरुको निकै भिड देखिन्थ्यो । प्रतियोगितालाइ थप भब्य र सभ्य बनाउनको लागी बिभिन्न संघ संस्था, सामाजसेवी , बुद्दीजिबी , वडा लगायतका दाताहरुले प्रतियोगितामा पुरस्कार सौजन्य गरेका थिए ।
खेलको अन्तिम फाइनलमा लम्चा टिमका ” कडप्पा” भनेर चिनेने खेलाडीले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै दर्शकहरूको मन जितेका थिए । उनले जादुमय आफ्नो खेल प्रस्तुत गर्दै दर्शकलाई चकित र अचम्म पारेका थिए । उनले दर्शकहरूको भरपुर ताली खान पनी सफल भए ।
उक्त खेलमा:
प्रथम पुरस्कार – रु : ४०,००० (चालिस हजार ) र मेडल
दित्तीय पुरस्कार – रु: ३०,००० ( तिस हजार) र मेडल
तृतिय पुरस्कार – रु: २०,००० (बिस हजार) र मेडल प्रदान गरिएको थियो ।
सो खेलको आयोजना खाँचीकोट दरवार क्लवले गरेको हो ।