अर्घाखाँची शितगंगामा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु


– लक्ष्मण घिमिरे ।

अर्घाखाँची । अर्घाखाँचीको शितगंगामा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–३, पदमीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
बुधबार दिउँसो गाइ चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट उनी गम्भिर घाइते भएकी थिइन् । सारुको उपचारको क्रममा बिहीबार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिए ।

अन्य समाचारहरु