नेकपा एकीकृत समाजबादी अर्घाखाँची जिल्ला कमिटीको बैठक सम्पन्न ।

 -हृदय भुसाल अर्घाखाँची ।       
 नेकपा एकीकृत समाजबादी जिल्ला कमिटी अर्घाखाँचीको बैठक सन्धिखर्कमा सम्पन्न भएको छ । बैठकका प्रमुख अतिथि एबम पार्टी केन्द्रिय कमिटी सदस्य अर्घाखाँची इन्चार्ज  पिताम्बर भुसालले प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा पार्टीका सबै नेता,कार्यकर्ता एक भयर लाग्नु पर्ने बताउनु भयो ।
 भुसालले जनताको बिचमा गयर पार्टीको पक्षमा जनमत तयार बनाउन लाग्नु पर्ने बनाउनु भयो । बैठकका एजेन्डा प्रस्तुत गर्दै पार्टी  जिल्ला कमिटी अध्यक्ष राम बहादुर चौहानले आगामी निर्वाचनमा उर्जाका साथ पार्टीका उम्मेदवारहरुको पक्षमा प्रचार प्रसारको कार्यक्रमलाई  गतिका साथ लाग्नु पर्ने बताउनु भयो । 
अध्यक्ष चौहानले भोलिकै दिनबाट चुनाव केन्द्रिय कार्यक्रम हरु तीब्र गतिका साथ सचालन गरिने बताउनु भयो ।
  बैठकले आगामी निर्वाचनका लागी  पिताम्बर भुसाल सयोजक रहेको निर्वाचन अनुगमन तथा मुल्यांकन समिति,राम बहादुर चौहान सयोजक,सिद्धि प्रसाद भुसाल सहसयोजक रहेकोको ५०१ सदस्य निर्वाचन परिचालन कमिटी,युबराज पौडेल सयोजक,हृदय भुसाल सहसयोजक र जीवन आचार्य सचिव रहेको ३०१ निर्वाचन प्रचार प्रसार समिति,नारायण भुसाल सयोजक रहेको  कार्यालय ब्यबस्थापन समिति लगायतका बिभिन्न समिति हरु निर्माण गरिएको पार्टी जिल्ला कमिटीले जनाएको छ ।
 त्यस्तै बैठकले आगामी कार्तिक ७ गते जिल्लाका सबै पालिकाहरुमा बैठक गर्ने र ११ गते देखी वाड कमिटीका बैठक भेटघाट,घरदैलो गर्ने साथै १७ गते देखी विभिन्न खालका  चुनावी कार्यक्रम गर्ने निर्णय गरेको छ ।
 बैठकमा पार्टी केन्द्रिय सदस्य युमुना भुसाल,सुन्दर रायमाझी,केन्द्रिय परिसद सदस्य अनिरुद्र सुबेदि,प्रदेश कमिटी सदस्यहरु कुलदिप भुसाल,बिष्णु हरि भुसाल ,तारापती भट्टराई ,सुनिता बेल्वासे,मोतीलाल श्रीपाल, लगायतले बैठकमा सुभकामना मनतब्य राख्नु भएको थियो । 
बैठक कमिटीका अध्यक्ष राम बहादुर चौहानको अध्यक्षता उपाध्यक्ष सिद्धी प्रसाद भुसालको स्वागत मनतब्य र सचीव युबराज पौडेलको संचालनमा सम्पन्न भएको पत्रकार  हृदय भुसालले जानकारी दिनु भयो ।

अन्य समाचारहरु