ब्याकरणको उद्गमस्थल पाणिनी तपोभुमीलाई बिश्वसामु चिनाउने हो , उमेदवार भुसाल।

केशब राज ज्ञवाली
अर्घाखाँची प्रदेश (ख) बाट प्रदेश सभा सदस्यका उम्मेद्बार कमल प्रसाद भुसालले पाणिनी तपोभुमी जिल्लाको गौरव बोकेको स्थान रहेको बताएका छन । पाणिनी गाउपालिकामा मतदातासंग कुरा गर्दै  उम्मेदवार भुसालले पाणिनी तपोभुमिलाइ अन्तरास्ट्रिय स्तरको पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने पनि प्रतिबद्दता जनाएका छन ।
 पाणिनी गाउँपालिका भौगोलिक हिसाबले बिबिधता बोकेको र यहाँ पर्यटकिय हिसाबले पनि उत्तिकै महत्व राखेको भन्दै यस क्षेत्रलाई पर्यटकिय क्षेत्रको रुपमा बिकास गर्ने भुसालले बताएका हुन  । संस्कृत ब्याकरणको उत्त्पतिको क्षेत्र पाणिनी तपोभुमि भएको भन्दै यस क्षेत्रलाइ अन्तरास्ट्रिय स्तरमा चिनाउन जरुरी भएको उनको भनाइ छ ।
भुसाल अर्घाखाँची जिल्लाको गठबधनका तर्फ बाट रुख चिन्ह लिएर उम्मेद्वारि दिएका छन  ।

अन्य समाचारहरु