– अर्घाखाची डट्कम सम्बाददाता ।
स्थानिय तहको चुनावबाट अत्यन्तै चर्चामा आएको चुनाब चिन्ह लौरो अर्घाखाँची जिल्लामा पनि प्रतिनिधि सभा सदस्यको निर्वाचनमा प्रतिस्पर्धा गर्दैछ। नेकपा एमालेका उम्मेदवार टोप बहादुर रायमाझी र गठबन्धनका तर्फबाट पुस्पा भुसाल सँग लौरो उम्मेदवार दुर्गा बन्जाडे चुनाबी भिडन्तमा छन।
यो बिचमा अर्घाखाँची जिल्लामा पनि यसपटक चुनाबपछि नसोचेको परिणाम आउने सम्भावना देखिएको छ।पछिल्लो समय राजनैतिक दलहरुबाट हैरान बनेका अर्घाखाँची जिल्लाको जनताहरुले पनि बैकल्पिक शक्तिको लौरो अभियानका उम्मेदवार दुर्गा बन्जाडेलाइ साथ दिन सक्ने सम्भावना नकार्न सकिदैन ।
यसै बिचमा लौरो चुनाब चिन्हका उम्मेदवार दुर्गा बन्जाडेको अभियानले अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा व्यापक प्रचार गरेको छ। आज एकादसिको मौका छोपेर दुर्गा बन्जाडेले लौरो चुनाब चिन्हमा भोट दिन जनताहरुमा अपिल गरेका थिए ।
आज सन्धिखर्कमा हजारौ हजार श्रर्दालु भक्तजन लगायत आम जनताहरुको उपस्थितिको फाईदा उठाउदै उनले ब्यापक प्रचार प्रसार गरेका छन। उनी भन्छन, जनताहरुले बैकल्पिक शक्ति खोजेको र आम जनताले आफुलाई ढुक्क भएर मतदान गर्ने कुराको जिकिर गरे।
लौरो अभियानका उम्मेदवार दुर्गा बन्जाडेले हाम्रो नेपाली पाटीको सहयोगमा चुनाब चिन्ह लौरो प्राप्त गरेका थिए।