-केशव राज ज्ञवाली , अर्घाखाची डट्कम।
आसन्न संघिय , प्रादेशिक निर्वाचनको सन्दर्भमा जिल्ला निर्वाचन कार्यालय र संचारकर्मी बिच अन्तरक्रिया , छलफल तथा अभिमुखिकरण कार्यक्रम सन्धिखर्कमा सम्पन्न भएको छ ।
अन्तरक्रिया तथा छलफल कार्यक्रममा निर्वाचन निक्ष्पक्ष र भयरहित बनाउने सम्बन्धमा संचारकर्मिको भुमिका सन्दर्भमा चर्चा गरिएको थियो । निर्वाचन सम्बन्धी रिपोर्टिङका क्रममा संचार माध्यमले समाचार प्रकाशन प्रशारण गर्दा सत्य तथ्य पत्ता लगाइ कुनै पनि गलत र भ्रामक सुचना प्रशारण तथा प्रकाशन गर्न नहुने बिषयमा पनि छलफल भएको थियो ।
कार्यक्रममा आफ्नो भनाइ राख्दै मुख्य निर्वाचन अधिकृत डा.श्रीकृष्ण भट्टराईले संचारमाध्यमले कुनै द्वेषभाव नराखी कुनै पनि दलगत , ब्यक्तिगत , वकालत नहुने गरि समाचार संप्रेशण गर्न अनुरोध गर्नुभएको थियो । वहाले निर्वाचनलाई शान्तिपुर्ण र भयरहित अवस्थामा सफल पर्न सबैको साथ सहयोग अनिवार्य रहेको पनि बताउनुभयो ।
यस्तै निर्वाचनलाई आबस्यक शान्ती सुरक्षाको राम्रो प्रवन्ध गरिएको प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेले बताउनुभयो । जनताको मताधिकार प्रयोग गर्ने अधिकारबाट कोहि पनि बन्चित हुन नहुने भन्दै कुनै डर धम्की , अवरोधको कारण मतदाता मतदानबाट बन्चित हुन नदिनको लागि सुरक्षा निकाय सचेत रहेको पनि बताउनुभयो ।
कार्यक्रममा सहजीकरण तथा कार्यपत्र पेश जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका कार्यालय प्रमुख सुरेश भन्डारिले गर्नुभएको थियो र संचारमाध्यमले पालना गर्नुपर्ने निर्वाचन आचारसंहिताका बिषयमा रास्टृय समाचार समितिका प्रेमनारायण आचार्यले प्रस्ट पार्नुभएको थियो ।
जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीको आयोजनामा भएको अभिमुखिकरण कार्यक्रमको अध्यक्षता जिल्ला निर्वाचन कार्यालयका कार्यालय प्रमुख सुरेश भन्डारी विशेष अथिती मुख्य निर्वाचन अधिकृत डा .श्रीकृष्ण भट्टराई प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरे जिल्ला स्थित सुरक्षा अधिकारी हरु जिल्ला स्तरिय निर्वाचन आचारसंहिता अनुगमन प्रमुख दिपक अधिकारी र जिल्लामा सक्रिय पत्रकारहरुको उपस्थिती रहेको थियो भने कार्यक्रमको सन्चालन जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी रबि अर्यालले गर्नुभएको थियो ।