अब अर्घाखाँचीको बिकास नयाँ ढंगले हुन्छ – प्रतिनिधि सभा उम्मेद्बार पुष्पा भुसाल ।

अर्घाखाँची प्रतिनिधिसभा सदस्य उम्मेदवार पुष्पा भुसालले अर्घाखाँचीलाई नयाँ ढंगले र नयाँ योजनाका साथ विकास गर्ने बताइन । उनले गाउँमै बसौं, बसौं भन्ने बनाउने र असुविधाका कारणले तराई र शहरमा बसाइसराई गर्नुपर्ने बाध्यताबाट मुक्त गर्ने गरी विकास गर्ने प्रतिबद्धता जनाइन ।
ठुलापोखरामा भएको चुनावी सभालाई सम्बोधन गर्दै कांग्रेस केन्द्रीय सदस्य समेत रहेकी भुसालले गाउँमै व्यवस्थित सडक, एक घर एक खानेपानीका धारा, शहरका नीजि स्कुलमा जस्तै पढाइ गाउँकै सरकारी स्कुलमा पढाई हुने, सर्वसुभल स्वास्थ्य सुविधा, सन्धिखर्क अस्पतालमा ५० शैयाको अस्पताल र विशेषज्ञ चिकित्सकबाट उपचार गर्न आफुले पहल गर्ने बताइन ।
उनले गाउँमै कृषि उद्यम, उत्पादन, घरेलु उद्योग विस्तार सहितका नयाँ योजनाका साथ युवालाई स्वरोजगार बनाउने प्रतिबद्धता जनाइन । पर्यटन भित्राउन पूर्वाधार विकास लगायतका जनताका आधारभूत आवश्यक्ताका काम गर्ने बताइन । आफुले ५ वर्षमा अर्घाखाँचीलाई सुन्दर जिल्ला बनाउने प्रतिबद्धता जनाइन ।

अन्य समाचारहरु