एमालेले १५ बर्षमा गर्न नसकेको काम अढाई बर्षमा गर्ने – नेता के .सी

– अर्घाखाची डट्कम सम्बाददाता।  
बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार पुष्पा भुसालले अहिलेको चुनावमा आफुहरुको जित नै संविधानको जित हुने भन्दै निर्धक्क भएर भोट दिन अपिल गर्नुभएको छ । ५ दलिय गठबन्धन निर्वाचन प्रचार-प्रसार समिति अर्घाखाँचीको आयोजनामा आज मालारानी गाउँपालिका वार्ड नम्बर १ को मरेङ्ग,२ को अर्घातोष,३ को खनदह,४ को खनका विभिन्न टोलमा भएका चुनावी सभालाई सम्बोधन गर्दै उहाँले यस्तो अपिल गर्नुभएको हो । 
यस्तै बामलोकतान्त्रीक गठबन्धनको तर्फबाट प्रदेशसभा क का साझा उम्मेदवार सागर के.सी.ले अहिलेका एमालेले १५ बर्षमा गर्न नसकेको काम अढाई बर्षमा गर्ने उदघोष गर्नुभएको छ । राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य समेत रहनुभएका उम्मेदवार के.सी.ले दल,गुट,समूह र व्यक्तिगत स्वार्थमा राज्यको ढुकुटी सकिदा जिल्ला पछाडी परेको आरोप लगाउदै आफुहरुको जित नै सिङ्गो अर्घाखाँचीको जित हुने धारणा व्यक्त गर्नुभयो ।
 कार्यक्रममा नेपाली काङ्ग्रेसका नेता रेवती प्रसाद भुसालले दुई तिहाईको सरकार ढालेर संसद र संविधानमाथी आक्रमण गर्नेलाई परास्त गर्नु अहिलेको आवश्यकता रहेको बताउनुभएको छ । पुर्व मन्त्री समेत रहनुभएका नेता भुसालले अर्घाखाँचीबाट प्रतिगमनको प्रतिनिधित्व गर्नेलाई नभै गठबन्धनलाई मत दिन उहाँले जिल्लावासीलाई आग्रह गर्नुभएको छ ।
 काङ्ग्रेसका अर्का नेता डाक्टर राम बहादुर वि.सी.ले राष्ट्रिय आवश्यकताले गठबन्धन बनेको ब्रीफिङ्ग गर्दै गठबन्धनका उम्मेदवारलाई इमानदारीपुर्वक भोट दिएर  जिताउन आग्रह गर्नुभएको छ । एमालेको भ्रम र झुठो आश्वासनबाट मतदाता नझुक्किएमा गठबन्धनको जित शुनिस्चित रहेकोे उहाँको भनाई छ । 
तस्बिरहरु:

अन्य समाचारहरु