अर्घाखाँची समाज जापानले संचालन गरेको गोमा अधिकारी सहयोग अभियानमा उठेको रकम रु.१,१०,०००(एकलाख दशहजार रुपैया) हाम्रो समाजका कोषाध्यक्ष टोपबहादुर घर्ती र सदस्य मधु क्षेत्री को उपस्तिथिमा हस्तान्तरण गरिएको छ।
नगरपालिका वडा नं १ निवासि श्री कृष्ण बहादुर अधिकारीको श्रीमति गोमा अधिकारीले दिएको निवेदन अनुसार विगत लामो समय देखि दुवै मृगौला फेल भइ, गौतम बुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा डायलाइसिस तथा उपचार गराइ रहेको हुदा
उपचार लामो समय सम्म भएको र उपचार खर्चिलो भएकोले पारिवारीक आर्थिक अवस्था अत्यान्तै कम्जोर भएकोले आर्थिक सहयोग गरी बिरामीलाइ उपचारमा सहयोग पुयाइदिनु हुन शितगंगा नगरपालिका वडा न.१ को वडा कार्यालयले सिफारिस गरेको थियो ।
तस्बिर :अर्घाखाची डट्कम।