– केशव राज ज्ञवाली
बाम लोकतान्त्रिक गठबन्धनका तर्फबाट अर्घाखाँची प्रदेश ख का प्रदेशसभा सदस्य उम्मेद्बार कमल प्रसाद भुसालले गठबन्धनलाइ जिताउनु भनेको बिकास गर्नेलाइ जिताउनु भएको बताएका छन । सन्धिखर्कका विभिन्न स्थानमा भएको मतदाता संग भेटघाट तथा कोणसभामा बोल्दै भुसालले एस्तो बताएका हुन ।
उम्मेद्बार भुसालले आफू सन्धिखर्क नगरपालिकाको मेयरपदमा निर्वाचित भए पछि पनि पार्टी हेरेर काम नगरेको दावी गर्दै अब प्रदेशको नेतृत्व सम्हाल्दा पनि कसलाइ राजनितिको आधारमा भेदभाव नगर्ने प्रतिबद्धता जनाए ।
निर्वाचन लड्ने बेलामा मात्रै यो पार्टी र त्यो पार्टी भने पनि निर्वाचन पछि समग्र जिल्लाको प्रतिनिधि हुने भन्दै आफू बाट बिगतमा त्यस्तो खालको भेदभावपूर्ण व्यवहार नभएको दावी गर्दै भुसालले आगामी दिनमा पनि भेदभाव नगर्ने बताउदै सम्पुर्ण जिल्लाबासिले आफुलाइ र समग्र गठबन्धलाइ मतदान गर्ने बिस्वास राखे ।