१५ बर्ष सम्म टोपबहादुरले शितगंगालाइ अर्घाखाँची हो भन्ने सम्झिएनन – पुष्पा भुसाल ।


– केशब राज ज्ञवाली ,अर्घाखाची डट्कम । 
गठबन्धनका तर्फबाट प्रतिनिधि सभा सदस्यका उम्मेद्बार पुष्पा भुसालले आज सम्म शितगंगा पछाडि पर्नुमा एमाले र टोप बहादुरको १५ बर्षिय नेतृत्वको दोष रहेको बताएकी छन । शितगंगा नगरपालिका विभिन्न स्थानमा भएका कोण सभा सम्बोधन गर्दै उनले यस्तो बताएकी हुन ।
क्षेत्रफलको आधारमा नेपालकै ठूलो नगरपालिका तथा जिल्लाको आधा भन्दा धेरै क्षेत्रफल ओगटेको नगरपालिकालाइ टोपबहादुरले सधै बेवास्ता गरेको आरोप लगाइन ।गोरुसिंगे सन्धिखर्क सडकको सुधार नगर्ने रायमाझी बाट शितगंगाको बिकास हुने आशा गर्न नहुने पनि उनको भनाइ छ ।
रायमाझिले निरन्तर सत्तामा रहिरहदा आफ्ना कार्यकर्ता र निकटका ब्यक्तीहरुको पक्षमा मात्रै काम गरेको तर आफुले समग्र जिल्ला र जनतालाई एकै परिवार सम्झिएर काम गरिरहेको र आगामी दिनमा पनि कसैलाइ भेदभाव नगर्ने भुसालले बताइन ।
उनले आफू निर्वाचित भइ सकेपछी शितगंगाका मुख्य सडकहरुको गुणस्तर सुधारको लागि भैरहेका कामहरुलाइ अझ द्रुत गतिमा लैजान केन्द्रमा पहल गर्दै अन्य भित्री सडक , शिक्षा , खानेपानीका समस्याहरु समाधान गर्नको लागि केन्द्रमा बिशेष पहल गर्ने उनले बताइन ।

अन्य समाचारहरु