आश्वासन दिने तर चुनाव जितेपछि गाउँ नफर्कने मतदाता भुल्ने प्रवृत्तीको निवारण र आमुल परिवर्तनको लागी आफ्नो उम्मेदारी – लौरो अभियानका उम्मेदवार दूर्गा बन्जाडे

-मनोज कार्की, अर्घाखाचीँ
आगामी मंसिर ४ गते हुने प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचनको मिति नजिकिएसँगै अर्घाखाचीँमा चुनावी सरगर्मी बढेको छ । विभिन्न राजनितिक दलका प्रतिनिधि तथा कार्यकर्ता चुनावी प्रचारप्रसारको लागि गाउँबस्तीमा पुगेका छन् । दलगत उम्मेदवार तथा स्वतन्त्र उम्मेदवार आफ्ना नयाँ नयाँ एजेण्डा सहित चुनावी मैदानमा होमिएका छन् । यसपटकको निर्वाचनमा दलगत उम्मेदवारसंग स्वतन्त्र उम्मेदवारसमेत प्रतिस्पर्धीका रुपमा देखिएका छन् ।
विगतका निर्वाचन भन्दा यसपाली स्वतन्त्र उम्मेदवार संख्या राम्रै देखिएको छ । चुनावी मिति नजिकिएसंगै दलगत तथा स्वतन्त्र उम्मेदवार आफू र आफ्नो पार्टीले जित्नेगरी मतदाता रिजाउन व्यस्त छन् । दलका उम्मेदवारलाई स्वतन्त्र उम्मेदवारले चुनौती दिईरहेका छन् । अर्घाखाँची जिल्लामा प्रतिनिधि सभा सदस्यको निर्वाचनमा नेकपा एमालेका टोपबहादुर रायमाझी र सत्ता गठबन्धनबाट कांग्रेस नेतृ पुष्पा भुसाल छन् ।
दलगत उम्मेदवारलाई टक्कर दिन लौरो अभियानका उम्मेदवार दूर्गा बन्जाडे चुनावी मैदानमा छन् । विगतमा राजनितिक दलले मतदातालाई थुप्रै आश्वासन  दिने तर चुनाव जितेपछि गाउँ नफर्कने मतदाता भुल्ने प्रवृत्तीले जनता आजित छन् त्यसको निवारणको लागि आफूले उम्मेदवारी दिएको बन्जाडेले बताए ।
बन्जाडे १८ बर्षदेखि काठमाडौंमा ब्याबसाय गर्दै आएका छन् । उनी एक उत्कृष्ट तथा सफल ब्यावसायीको रुपमा चिनिन्छन् । देशका विभिन्न जिल्लामा कृषकले उत्पादन गरेका कृषि उपज खरिद गरी उद्योग मार्फत त्यसको प्रसोधन गरी विक्रि वितरण गर्दै आएका छन् । उनले उद्योगमा ३० जनालाई रोजगार दिएका छन् । आफूलाई यसक्षेत्रबाट मतदाताले जिताएमा अर्घाखाची जिल्लाको समग्र विकास र बिदेशीएका युवालाई गाउँमै रोजगारी सिर्जना गर्ने बन्जाडेले बताए । 
आफ्नो निर्वाचन क्षेत्रमा खानेपानी,स्वास्थ्य,शिक्षा,रोजगारी तथा विकासका पूर्वाधारलाई बिशेष प्राथमिकतामा राखेर चुनावमा मतदातालाई दिएका आश्वासन पुरा गर्ने उनले दाबी गरे ।
यसअघि सम्पन्न स्थानीय तहको निर्वाचनमा गठवन्धन ५ हजार ५ सय मतले अगाडी भएपनि चुनाव निकै प्रतिस्पर्धा हुने देखिएको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य पदका लागि अर्घाखाँचीबाट विभिन्न दल र स्वतन्त्र गरी २५ जनाले उम्मेदवारी दिएका छन् ।
तस्बिरहरु: 

अन्य समाचारहरु