जनता देवता हुन , व्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठेर जनसेवा गर्ने आफ्नो पहिलो प्रतिबद्दता – एमाले नेता आचार्य

-अर्घाखाँची 
चुनाव नजिकिए सँगै अर्घाखाँची जिल्लामा चुनावी माओल पनि ह्वात्तै  बढेको छ । उम्मेदवार र राजनितीक दलका नेताहरू अहिले मतदातालाई भेट्न गाउँ गाउँमा पुगेका छन् । गाउँमा मत माग्नको निम्ति आउने उम्मेदवारलाई मतदाताले बिकासको निम्ति घचघचाएका छन् ।
मतदाताले यस पटकपटकको निर्वाचनमा पनि भौतिक पुर्वाधार निर्माणको कामलाई  पहिलो प्राथमिकतामा राखेर उम्मेदवारको ध्यानाकर्षण गराए । सडक,शिक्षा ,स्वास्थ्य ,खानेपानी ,सिंचाइका अतिरिक्त रोजगारीको पनि उनिहरुले माग गरे । 
देशभरि नेता र उम्मेदवारको आलोचना भैरहेको र जनतामा उत्साह पैदा नभएको भन्ने खबरहरु आई रहँदा यहाँको दृश्य भने केही फरक देखियो । अघिल्ला चुनावमा आफुले समर्थन गर्ने उम्मेदवार बाहेक अरु बिचार र दलको कार्यक्रम हेर्न र देख्न नचाहने स्थानीय बासिन्दाहरु पनि यस पटक अरु पार्टीको कार्यक्रममा विना संकोच जाने गरेका छन् । उनिहरुले खुलेरै उम्मेदवार समक्ष आफ्ना कुरा राखे र विगतमा भएका राम्रो कामको प्रसंसा पनि गरे । 
केही दिन यता लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्य मतदाता सँग को भेटघाटको निम्ति छत्रदेव गाउँपालिकामा हुनुहुन्छ । नेकपा एमालेको तर्फबाट प्रदेश सभा क्षेत्र नं.-१ (क) बाट उम्मेदवार बन्नु भएका उहाँ सँग प्रत्येक दिन सयौंको संख्यामा स्थानीय बासिन्दाले भेट्ने गरेका छन् । भेट्नेहरु मध्ये धेरैले शुभकामना दिन्थे ,केहीले बिकासको निम्ति माग राख्थे त केहीले अघिल्लो अबधिमा राम्रो काम गरेको भनेर प्रसंसा गर्थें ।
 जिल्लामा स्वच्छ छवि बनाएका र बिकासवादी नेताको रुपमा  स्थापित आचार्यले  कतै गालि खानु परेन । उहाँ  सँग एमाले जत्तिकै नेपाली कांग्रेस र माओवादीका कार्यकर्ताले पनि उत्तिकै भेट्थे । भेट्नेहरु सबैले उहाँको स्वास्थ्य प्रति पनि चासो राखे । 
केही बर्ष पहिले क्यान्सर ,मृगौला ,पायल्स लगायतका रोगले ग्रस्त बनेका र अस्पतालले सन्चो गराउन नसक्ने भनी घर फर्काई दिएका उहाँ अहिले पुर्ण रुपमा स्वस्थ हुनुहुन्छ  । आचार्य प्रदेशको मुख्य मन्त्री बन्नुपर्ने स्थानीयको माग छ । 
उहाँले छत्रदेबमा साईराम खानेपानी आयोजना ,संगम दीप लिफ्ट खानेपानी आयोजना ,मथुरा कृषि क्याम्पस देखि चाँपटारी बलेबाङ सडक ,खहडी-दुन्द्रुक-बल्कोट-झिरबास-राङबास सडक ,आँपगौरी-महपोखरी-बेलाहा मोटरबाटो ,मथुरा -पिरा फाँट सिचाइ कुलो निर्माण योजना ,मथुरा -पिरा फाँट सेरा सिचाइ कुलो निर्माण योजना ,बुढादी सिंचाइ योजना ,बल्कोट पौवा पुनर्निर्माण ,बल्कोट १५ शैयाको अस्पताल भवन निर्माण ,ठाडा खोला -बर्वोट लिफ्ट खानेपानी आयोजना ,ढोवाटा खहरे लिफ्ट खानेपानी आयोजना ,सिस्नेखोला धरमपानी लिफ्ट खानेपानी आयोजना ,सन्धिखर्क तम्घास मोटर बाटो ,ठुलाखर्क- भुल्के लिफ्ट खानेपानी आयोजना ,चिदीका १-२ लिफ्ट खानेपानी आयोजना ,काठेका रुख लिफ्ट खानेपानी आयोजना ,खहरे सिंचाइ योजना छत्रदेव-१ र २,चौवाटार सिंचाइ योजना ,दामालिङ टार सिंचाइ योजना ,खुर्साने डांडा-कट्टी -गेदवास सडक ,गैरी-पिप्ला-धरम पानी -अरल्का सिमी चौर मोटर बाटो ,च्यानडांडा-जरेखोला-ठुला पोखरा -छत्रगञ्ज -पाटी सडक ,अर्घातोष-चिदीपानी-सल्लिकोट सडक ,ठुला पोखरा -डिही-मोडेल चौर-सिमी चौर सडक ,खर्ञ्याङ-ठुला खर्क-साजबोट- बेलाहा-चिदीपानी चौरी मोटर बाटो लगायतका सयौं बिकास निर्माणका योजना संचालनमा ल्याएको उहाँको भनाइ छ । 
आचार्यले यी योजना बाट मात्रै आफू सन्तुष्ट हुन नसकेको भन्दै थप योजना मार्फत छत्रदेवमा बिकासको मोडल देखाउने गरि अगाडि बढेको बताउनुभयो । उहाँले आफुहरुको सत्रु कुनै व्यक्ति र दल बिशेष नभई यहाँको अशिक्षा ,गरीबी र पछ्यौटेपन  भएको भन्दै त्यसको अन्त्यको निम्ति आफुले राजनिती गरेको बताउनुभयो । जनता देवता भएको भन्दै उहाँले व्यक्तिगत र दलगत स्वार्थ भन्दा माथि उठेर जनसेवा गर्ने दृढता समेत प्रकट गर्नुभयो ।

अन्य समाचारहरु