गठबन्धनको सरकार बनेपछि ठाडामा ईलाका प्रशासन कार्यालय खोल्छौँः उम्मेदवार भुसाल

-अर्घाखाची डट्कम ।  
अर्घाखाँची प्रतिनिधीसभा गठबन्धन कि उम्मेदवार तथा कांग्रेस नेतृ पुष्पा भुसालले भौगोलिक रुपमा विकट शितगंगा नगरपालिकामा ईलाका प्रशासन कार्यालय खोल्ने प्रतिबद्वता जनाउनुभएको छ । शितगंगा नगरपालिका वडा नम्बर ४ ठाडामा भएको चुनावी कोणसभालाई सम्बोधन गदै उहाँले यस्तो बताउनुभएको हो ।
भौगौलिक हिसावले नेपालको सबै भन्दा ठुलो नगरपालिका भएपनि  सदरमुकाम सन्धिखर्क आउँदा निशुल्क बन्ने नागरिकता लाई समेत शितगंगा बासीले हजारैं रुपँया खर्च गर्नु पर्ने माध्यता भएकाले यो समस्या समधान गर्ने भुसालले बताउनुभएको छ । 
क्षेत्रफलको हिसाबले  जिल्लाको ५८ प्रतिशत भुभाग ओगटेको नगरपालिकामा स्वास्थ्य क्षेत्रको सुधारको लागि पहिलो चरणमा प्राथामिक स्वास्थ्य चौकीमा  विशेषज्ञ डाक्टर को व्यवस्था गर्ने बताउनुभएको छ । यस्तै प्राविधिक शिक्षा नगरपालिकामा भित्राउने समेत प्रतिबद्वता जनाउनुभएको छ ।यस्तै सहकारी मार्फत कृषिमा आत्म निर्भर गर्नको लागि विशेष कार्यक्रम संचालन गर्ने उम्मेदवार भुसाले बताउनुभएको छ ।
यस्तै प्रदेश सभा (ख) गठबन्धन तर्फबाट उम्मेदवार बन्नु भएका कांग्रेसका नेता कमल प्रसाद भुसालले नगरपालिको विकासको लाई पहिलो प्राथामिकता  आन्तरिक श्रोतको व्यवस्थापन गर्ने र पुर्वाधाकाको विकास संगै धेरै धन्दा धेरै पर्यटक भित्राएर रोजगारीको वातावरण सृर्जन गर्ने बताउनुभएको छ ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका सचिव   डिलाराम  आचार्य नेकपा एसका  जिल्ला अध्यक्ष रामबहादुर चौहान लगायतले मन्तव्य राख्नुभएको थियो ।
तस्बिरहरु:

अन्य समाचारहरु