– गोपाल प्रसाद भट्टराई ,अर्घाखाँची
अर्घाखाँचीबाट प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर १ क मा गठबन्धनका साझा उम्मेद्धार सागर के.सी.ले गठबन्धनले चुनाव जितेपछि जिल्लाको विकासमा दृढ भएर लाग्ने संकल्प गर्नुभएको छ ।
राष्ट्रिय जनमोर्चाका केन्द्रिय सदस्य समेत रहनुभएका प्रदेशसभा क का उम्मेद्धार के.सी.ले अर्घाखाँचीको मालारानी र छत्रदेवका बिभिन्न वार्डमा भएका चुनावीसभालाई सम्बोधन गर्दै यस्तो संकल्प गर्नुभएको हो ।
आफु सहित गठबन्धनका तिनै जना उम्मेद्धार राजनीतिक यात्रामा निश्कलङ्कित रहेको र जनताले मत दिन आतुर भएको दाबी गर्दै नेता के.सी.ले आफुहरुले चुनाव जित्ने दाबी समेत गर्नुभएको छ । उम्मेद्धार के.सी.ले जिल्लामा आर्थिक समृद्धिको आधार नै व्यवसायिक कृषि र पर्यटन भएको भन्दै दिगो विकासको निम्ति प्रकृति,संस्कृति र कृषिलाई पर्यटन व्यबसायमा जोड्ने गठबन्धनको योजना भएको सुनाउनुभएको छ ।
नेता के.सी.ले प्राप्त उपलब्धिको रक्षा,समावेशी अधिकार र आर्थिक समृद्धिको कार्यभार गठबन्धनको काँधमा रहेको दाबी गर्दै गठबन्धनले जित्नुको विकल्प नभएको जिकिर गर्दै कुनैपनि प्रलोभनमामा नपरी भोट दिन आग्रह गर्नुभएको छ ।
कार्यक्रममा माओवादी केन्द्र मालारानी गाउँकमिटि अध्यक्ष पदम क्षेत्री,नेपाल समाजवादि पार्टीका केन्द्रीय सदस्य गोकर्ण थापा,अखिल (छैठौं) केन्द्रीय सदस्य टेकराज भुसाल लगायतले सहजीकरण गर्नुभएको बामलोकतान्त्रिक गठबन्धन चुनाव प्रचार–प्रसार समिति अर्घाखाँचीले जनाएको छ ।