मंसिर -४ पछिको प्रधानमन्त्री केपी ओली: आचार्य

अर्घाखाँची डट्कम । 

नेकपा एमालेका केन्द्रीय सदस्य चेतनारायण आचार्यले मंसिर -४ पछि केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने बताउनुभएको छ ।नेकपा एमाले छत्रदेव द्वारा बल्कोटमा आयोजित छुट्टाछुट्टै कार्यक्रममा मन्तव्य राख्दै उहाँले आसन्न निर्वाचनमा नेकपा एमालेको बहुमत आउने र मुलुकको प्रधानमन्त्री केपी शर्मा ओली हुने ठोकुवा समेत गर्नुभयो । 
अदालतलाई दुरुपयोग गरेर नेकपा एमालेको सरकार विस्थापन गरे सँगै मुलुक गम्भीर संकटमा फसेको उहाँको भनाइ थियो । आचार्यले वर्तमान गठन सरकारले न्यायालयलाई अस्तव्यस्त बनाएको ,महंङ्गी बढाएको ,भ्रष्टाचार नियन्त्रण गर्न नसकेको ,राष्ट्रियतालाई कमजोर पारेको,नागरिकमा उत्साह थप्न नसकेको ,बिकास निर्माणको काम ठप्प पारेको गुनासो गर्नुभयो ।
 लुम्बिनी प्रदेश सरकारका पुर्व आन्तरिक मामिला तथा कानुन मन्त्री समेत रहनुभएका उहाँले आफुहरु निर्वाचित भएर गएपछि ५ बर्षको अबधिमा जिल्लामा अर्बौंको बजेट ल्याई शिक्षा ,स्वास्थ्य ,यातायातको पक्षमा उल्लेख्य काम गरेको बताउनुभयो । विगत ३० बर्षमा नभएको काम पछिल्लो  ५ बर्षमा भएको उहाँको दावी थियो ।
उहाँले अब बन्ने नेकपा एमालेको सरकारले देश र जनताको पक्षमा महत्त्वपूर्ण कामगर्ने बताउनुभयो ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सदस्य प्रकाश ज्ञवाली ,नेकपा एमाले जिल्ला कमिटीका उपसचिव शम्भु प्रसाद पोख्रेल ,छत्रदेब गाउँ पालिका कमिटीका ईन्चार्ज माधव पन्थी ,अध्यक्ष रामजी पाण्डे ,सन्धिखर्क नगर कमिटीका उपाध्यक्ष शिव अधिकारी  , उपसचिव लक्ष्मण पराजुली ,एमाले नेता कृष्ण पन्थी ,जिल्ला कमिटी सदस्य लक्ष्मण नेपाली ,प्रदिप नेपाली ,युवानेताहरु ज्ञानेन्द्र घिमिरे ,प्रकाश श्रेष्ठ ,नवीन पन्थी ,अर्जुन खनाल ,कमलदिन मियाँ ,रवि कार्की लगायतको उपस्थिति रहेको थियो ।
तस्बिरहरु: 

अन्य समाचारहरु