मानव अधिकार तथा शान्ति समाज अर्घाखाँचीको १० औं साधारण सभा सम्पन्न

 
 –  दिपेन्द्र  पौडेल 
मानव  अधिकार तथा शान्ति  समाज अर्घाखाँचीद्वारा समाजका विभिन्न  समस्याहरुलाइ  सुदृढीकरण तथा   निराकरणको निम्ति गरेको भुमिका बारे प्रष्ट  पार्दै नयाँ  समिति  गठन  गरेको हो।
कार्यक्रम  निलकण्ठ भुसालको सभापतित्वमा ११ सदस्यीय नयाँ नेतृत्व चयन गरे छ जसको उपसभापतिमा अम्बिका श्रेष्ठ (बेल्बासे), सचिव कृष्ण परियार, सहसचिव सागर महत, कोषाध्यक्ष प्रकाश चुदाली, सदस्यहरु रमेश बिक, भिमलाल विश्वकर्मा, हलिम खान, सरिता भुसाल, सरिता पोख्रेल, भावना मगर निर्वाचित भएका छन्  ।
 साथै अन्य ४ जना सदस्य नव निर्वाचित कार्यसमितिले मनोनयन गर्ने निवर्तमान सभापती नेत्र मरासिनिले जानकारी दिए । उद्घाटन सभामा शुभकामना मन्तव्य राख्दै केन्द्रिय सभापती गोविन्द खनालले लोकतन्त्र बचाउन र शान्तिको बिगुल फुकि  गुणस्तरीय स्वास्थ बैज्ञानिक शिक्षा  शान्ति विशेष  समाज निर्माणकार्यमा यस्  सस्थाले अग्रणी  भुमिका  निर्बाह  गरि समाज केन्द्रित काम गरिरहेको बताउनुभयो ।
साधारण सभा कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका केन्द्रिय सदस्य तथा पर्यवेक्षक बिष्णु भुसाल, नेपाल निजामति कर्मचारी युनियनका केन्द्रिय उपमहासचिव गणेश भण्डारी, नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । निवर्तमान सभापति नेत्र प्रसाद मरासिनीको सभापतित्व र भिम बिश्वकर्माको संचालनमा कार्यक्रम सम्पन्न भएको हो ।
 तस्बिरहरु: 

अन्य समाचारहरु