भोटको सम्मान गर्नेलाई मात्र ,भोट दिनुस् – प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टोप बहादुर रायमाझी

– केशब घिमिरे ,अर्घाखाची डट्कम। 
प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार टोप बहादुर रायमाझीले स न पा – ७ को डिहिमा भएको  चुनाबि सभामा मतदाता संग कुराकानी गर्दै भोट दिएर जिताए पछि जनताको काम गर्नु पर्ने भन्दै चुनाब जितेर गई सके पछि जिल्ला बिर्सेर  राजधानी सम्झेर  हिड्नेलाई  भोट दिएर मत खेर नफाल्न अनुरोध गर्नु भएको छ ।
गठ्बन्धनमा भएका उमेद्बारहरु चुनाबमा मात्र गाउँ जिल्ला आउने गरेको भन्दै , के अर्घाखाँचीका जनताहरु चुनाबको बेला मात्र चाहिने हो? चुनाबको बेला भन्दा अघि किन आउन सक्नु भएन ? रायमाझीले जनता  सँग यस बारे प्रतिप्रश्न गर्नु भयो ।   अर्घाखाँचीबाट जितेर जनताको  भावना अनुसार काम नगर्ने   जनताको मतको अवज्ञा गरेको रायमाझीको भनाइ छ ।
जनभावना बिपरित काम गर्नेलाई अब जनताले नै आफ्नो बिबेक प्रयोग गरि हराउनु पर्ने रायमाझीको तर्क छ । जनमतको भरपुर प्रयोग गरि काम गर्नु पर्ने बेला त्यसो नगरेको रायमाझीको आरोप छ ।
सोही अनुरुप अर्घाखाँची जिल्लाको समग्र बिकासका लागि एमालेका उम्मेदवारलाई जिताउन समेत आग्रह गर्नु भएको छ ।
तस्बिरहरु: 

अन्य समाचारहरु