भुजुङ्गे पिडितलाइ केन्द्रको बजेट ल्याएर ब्यबस्थापन गर्ने हो – उम्मेद्बार पुष्पा भुसाल ।

No description available.
– केशबराज ज्ञवाली ,अर्घाखाची डट्कम।  
अर्घाखाची- कार्तिक २८  – नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्घाखाँचीमा लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्बार पुष्पा भुसालले भुजुङ्गे पिडितलाइ केन्द्रबाटै उचित बजेट ब्यबस्थापन गरि राहत दिलाउने बताएकी छन । उनले भुजुङ्गेबासीहरुलाइ अब धेरै दिन खतरामा जीवन जिउनु पर्ने बाध्यताबाट मुक्त गरिने बताएकी छन ।
सन्धिखर्क -७ को फर्ज्याङ्गखोलामा मतदाता सम्बोधन गर्दै उनले येस्तो बताएकी हुन । त्यस संगै उम्मेद्बार भुसालले खांचिकोट क्षेत्रको पर्यटन क्षेत्र , परियार गुठी , त्यस क्षेत्रको शिक्षा , स्वास्थ , सडक लगायतका  समस्याको समाधानमा केन्द्रमा विशेष पहल गर्ने पनि बताएकी छन ।
आफू निर्वाचित भएर प्रतिनिधि सभामा गइसकेपछी पुर्वाधार बिकासको लागि बजेट पार्न विशेष पहल गर्नुका साथै महिला सशक्तीकरण , उधमशिलता , युवा रोजगारी जस्ता कुराहरु प्राथमिकता राख्दै विशेष नीति ल्याउन पहल गर्ने पनि भुसालको भनाइ रहेको छ ।
कार्यक्रममा बोल्दै पुष्पा भुसालले एमालेहरु संविधान र जनताको हक अधिकार बिरोधि भएको प्रमाणित भइसकेको बताउदै अब लोकतान्त्रिक गठबन्धनले जनताको अभिमत प्राप्त गरिसकेपछी  संबिधानमा भएका हक अधिकारको रक्षा गर्दै जनताको खुसी र समृद्ध भएर बाच्न पाउने हकको ग्यारेन्टी गर्ने पनि  बताइन ।
उक्त कार्यक्रमलाइ नेकपा माओबादिका केन्द्रिय सचिव डिलाराम आचार्य , जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के . सी.एकीकृत समाजबादिका नेता राम बहादुर चौहान लगायतका नेताहरुले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्बारहरुलाइ जिताउन जनता सामु अपिल गरेका थिए ।

अन्य समाचारहरु