– केशब राज ज्ञवाली ,अर्घाखाची डट्कम।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्घाखाँचीमा लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्बार पुष्पा भुसालले भुजुङ्गे पिडितलाइ केन्द्रबाटै उचित बजेट ब्यबस्थापन गरि राहत दिलाउने बताएकी छन । उनले भुजुङ्गेबासीहरुलाइ अब धेरै दिन खतरामा जीवन जिउनु पर्ने बाध्यताबाट मुक्त गरिने बताएकी छन ।
सन्धिखर्क -७ को फर्ज्याङ्गखोलामा मतदाता सम्बोधन गर्दै उनले येस्तो बताएकी हुन । त्यस संगै उम्मेद्बार भुसालले खांचिकोट क्षेत्रको पर्यटन क्षेत्र , परियार गुठी , त्यस क्षेत्रको शिक्षा , स्वास्थ , सडक लगायतका समस्याको समाधानमा केन्द्रमा विशेष पहल गर्ने पनि बताएकी छन ।
आफू निर्वाचित भएर प्रतिनिधि सभामा गइसकेपछी पुर्वाधार बिकासको लागि बजेट पार्न विशेष पहल गर्नुका साथै महिला सशक्तीकरण , उधमशिलता , युवा रोजगारी जस्ता कुराहरु प्राथमिकता राख्दै विशेष नीति ल्याउन पहल गर्ने पनि भुसालको भनाइ रहेको छ ।
कार्यक्रममा बोल्दै पुष्पा भुसालले एमालेहरु संविधान र जनताको हक अधिकार बिरोधि भएको प्रमाणित भइसकेको बताउदै अब लोकतान्त्रिक गठबन्धनले जनताको अभिमत प्राप्त गरिसकेपछी संबिधानमा भएका हक अधिकारको रक्षा गर्दै जनताको खुसी र समृद्ध भएर बाच्न पाउने हकको ग्यारेन्टी गर्ने पनि बताइन ।
उक्त कार्यक्रमलाइ नेकपा माओबादिका केन्द्रिय सचिव डिलाराम आचार्य , जनमोर्चा अर्घाखाँचीका अध्यक्ष थम्मन के . सी.एकीकृत समाजबादिका नेता राम बहादुर चौहान लगायतका नेताहरुले सम्बोधन गर्दै लोकतान्त्रिक गठबन्धनका साझा उम्मेद्बारहरुलाइ जिताउन जनता सामु अपिल गरेका थिए ।
तस्बिरहरु: