– अर्घाखाची डट्कम।
खांचिकोटको भुजुङ्गेमा रहेका अति पहिरो बाट जोखिम परिवारलाइ धाजा फाटेको जमिनमा टेन्टको घर बनाएर मजाक उडाएको स्थानियको बुझाइ रहेको छ ।
उक्त क्षेत्रमा उचित ब्यबस्थापनको पहल गर्नुको साटो स्थानिय सरकारले टेन्ट लगेर दिएको हप्ता दिन बितिसक्यो तर त्यो टेन्टमा स्थानीय बसेका छैनन ।
आफुहरुलाइ अन्यत्र ब्यबस्थापन गरि सुरक्षित बाच्न पाउने हकको ग्यारेन्टी गरिदिन भन्दै उनिहरु बारम्बार नगरपालिका र जिल्ला प्रशासन धाउने गरिरहेका छन ।
बिगतका बर्ष देखि प्रत्येक बर्षातको समयमा पहिरोले बस्तिनै बगाउने डरमा स्थानियहरु नजिककैको स्कुलमा आश्रय लिने गर्दछन तर सोही बेला तत्कालिन राहतको रुपमा केही खाद्यान्न र आश्वासन बाहेक अहिलेसम्म उनिहरुको ब्यबस्थापनको उचित पहल र समस्याको समाधान गर्न सम्बम्धित निकायले चासो दिएको देखिदैन ।
बस्ती अन्यत्र सारेर उचित ब्यबस्थापन गर्नुपर्ने बेलामा धाजा फाटेको जमिनमा टेन्ट दिएर समस्यामाथी सरकारले मजाक बनाएको भुजुङ्गे पहिरो पिडित वसन्त नेपालि बताउछन ।
भुगर्भ बिभागको विभिन्न सर्वेक्षण र अनुसन्धानबाट जमिन खतरामा रहेको भन्दै बस्ती सार्न सुझाव दिइसकेको भएतापनी प्रत्येक बर्षातमा भुजुङ्गेबासिको ब्यबस्थापनको कुरा जोडजोडले उठ्ने गर्दछ तर वर्षा रोकिए संगै सबै कुरा रोकिनु दुखद रहेको छ ।