– केशब राज ज्ञावाली ,अर्घाखाची डट्कम।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्घाखाँचीमा लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्य उम्मेद्बार पुष्पा भुसालले नरपानीलाइ हिल स्टेशनको रुपमा बिकास गर्न विशेष रणनैतिक योजना ल्याउने प्रतिबद्धता जनाएकि छन ।
नरपानीमा राष्ट्रिय तथा अन्तरास्ट्रिय पर्यटक आउने वातावरण सृजना गर्न र यस क्षेत्रको संगै समग्र जिलाको बिकासको लागि प्राकृतिक सुन्दरताले भरिएको नरपानी सहयोगि हुने पनि भुसालको भनाइ छ ।
नरपानीबाट पुर्व पाणिनिको कालिकाठी ,पश्चिममा भुमिकास्थानको सेंगलेङ्ग सम्म पदमार्गको बिकास गरि नरपानीलाइ उच्च पहाडी पदमार्गको मिलन केन्द्र बनाउदै यहांको चौतर्फी बिकासको लागि अहोरात्र खटिने पनि भुसालको भनाइ छ ।
नरपानीको पर्यटकिय बिकास संगै त्यस क्षेत्रमा युवा तथा महिला सशक्तीकरण , रोजगारी , उधमशिलता,सृजना गर्न पनि विशेष पहल गर्ने भुसालको प्रतिबद्दता रहेको छ ।