– केशवराज ज्ञवाली , अर्घाखाची डट्कम।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा अर्घाखाँचीमा लोकतान्त्रिक गठबन्धका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेद्बार पुष्पा भुसालले महिला, बालबालिका , गरिब तथा असहायको हक अधिकारको दायित्व गर्नु आफ्नो मुख्य उदेस्य रहेको बताएकी छन ।
महिलाहरुको एकल भत्ता भैसकेको अवस्थामा अब बिदुर भत्ताको पनि सुरुवात गर्नुपर्ने आबस्यकता पनि उनले औल्याएकि छन । खिल्जिमा आयोजित सभामा बोल्दै उनले यस्तो भनेकी हुन ।
देशमा ब्याप्त भ्रष्टाचार र बिकृतिको अन्त्य गर्दै संविधान रक्षा गर्न गठबन्धन गर्नुपरेको प्रष्ट पार्दै आएकी भुसालले अबका दिनमा अर्घाखाँचीले झुटा आश्वासन र प्रलोभनमा रुमलिनु नपर्ने प्रतिबद्धता जनाएकी छन ।
असुरकोट -खिल्जी-नुवाकोट-नुवाकोट सडकको स्तरोन्नती यस क्षेत्रको खानेपानी समस्या समाधानमा विशेष पहल गर्ने , सुबिधा सम्पन्न अस्पताल , दक्ष स्वास्थकर्मी , सुबिधा सम्पन्न बिधालय , दक्ष शिक्षक शिक्षिका हरुको ब्यबस्थापन गरि बालबालिकाको शैक्षिक भविश्य उज्ज्वल बनाउन विशेष भुमिका खेल्ने भुसालको भनाइ छ ।
अर्घाखाँचीमा टोपबहादुर रायमाझिले पन्ध्र बर्ष सम्म आतंक मच्चाएको आरोप लगाउदै पुष्पा भुसालले अब अर्घाखाँचीका जनताले बिकृती , बिसंगती र भ्रष्टाचारको आतंकबाट मुक्ती पाउन गठबन्धनका उम्मेद्बारलाई जिताउने बिश्वास ब्यक्त गरिन ।