अर्घाखाँचीमा निर्वाचनको सम्पूर्ण तयारी पूरा

 

अर्घाखाची डट्कम।

अर्घाखाँची । आगामी आइतबार हुने प्रतिनिधि र प्रदेशसभा सदस्य निर्वाचनका लागि अर्घाखाँचीमा सम्पूर्ण तयारी पूरा भएको छ ।

Nc

जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीका अनुसार एक प्रतिनिधि र २ वटा प्रदेशसभा रहेको जिल्लामा आवश्यक सामग्री सहित अधिकृत, सहायक मतदान अधिकृत, सुरक्षाकर्मी र अन्य कर्मचारी खटिइसकेको बताइएको छ ।

अर्घाखाँचीमा तीन नगरपालिका र तीन गाउँपाअलिका गरी ६ स्थानीय तहमा ९८ मतदानस्थलमा , २ सय ३ मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन अधिकारी सुरेश भण्डारीले जानकारी दिनुभयो ।

एकवटा अस्थायी मतदान केन्द्रबाट कर्मचारी, नेपाली सेना, नेपाल प्रहरी र कारागारमा रहेका कैंदीले मताधिकार प्रयोग गर्ने मुख्य निर्वाचन अधिकृत
एवं जिल्ला न्यायाधीश श्रीकृष्ण भट्टराईले जानकारी दिए । कर्मचारी, सुरक्षाकर्मी र कैदीले प्रतिनिधिसभाको समानुपातिकतर्फ मात्र मतदान गर्न पाउने व्यवस्था छ ।

निर्वाचनमा नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान कर्माचारी, जनपथ र म्यादी गरी दुई हजार ५ सय सुरक्षाकर्मी परिचालन गरिने डिएसपि मुकुन्द रिजालले जनारी दिए । यस्तै १ हजार १८ जना कर्मचारी खटिने छन् ।

आसन्न निर्वाचनमा अर्घाखाँचीका एक लाख ६४ हजार सात सय ७८ मतदाताले मताधिकार उपयोग गर्ने जिल्ला निर्वाचन कार्यालय अर्घाखाँचीकाका सूचना अधिकारी रबि अर्यालले जानकारी दिए । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा लगायतका पार्टिबीच चुनावी तालमेल भएको जिल्लामा वामलोकतान्त्रिक गठबन्धन र नेकपा एमालेका उम्मेदवारबीच प्रतिस्पर्धा हुने देखिएको छ ।

स्थानीय तहको निर्वाचनमा वडाध्यक्षका लागि खसेको मतको आधारमा वामलोकतान्त्रिक गठबन्धनको ५३ हजार ६ सय ४५ मत तथा एमालेको ४८ हजार १ सय २ मत रहेको निर्वाचन आयोगको तथ्याङमा उल्लेख छ ।

अन्य समाचारहरु