– अनिल नेपाली ,अर्घाखाची डट्कम।
नेपाल कम्युनिस्ट पार्टी(बहुमत) निकट युवा जनस्वयम सेवक नेपाल,अर्घाखाँचीले नेकपा (एमाले) नेता टाेप बहादुर रायमाझीकाे घरमा कालाे ब्यानर टाँगेकाे छ । उनि उमेदवार उठेको निर्वाचन स्थलका सार्वजनिक स्थलहरुमा पनि उनलाई अासन्न निर्वाचनका उम्मेदवार टोप बहादुर रायमाझीलाई सामाजिक बहिस्कार किन ? भन्दै कालाे ब्यानर टाँगिएको छ ।
उनी नेकपा(एमाले)काे तर्फबाट अर्घाखाँचीमा चुनाव उठिरहेका छन् ।
उनलाई युवा जनस्वयमसेवक नेपाल अर्घाखाँचीले “कथित निर्वाचनका उम्मेदवार टोप बहादुर रायमाझीलाई रायमाझीलाई सामाजिक बहिस्कार किन ?
१. संसदीय व्यवस्थाको विरुद्ध जनयुद्ध गरि अर्घाखाँची जिल्लाबाट करिब ७८ लगायत देशभरीबाट १०००० भन्दा बढी सहिद तथा बेपत्ता परिवारको भावना बिपरित दलाल संसदीय व्यवस्थाको कथित चुनावमा भाग लिएकोले ।
२. माओवादी आन्दोलन र आदर्श लाई बेचेर दलाल पुजिपती वर्गमा परिणत भएकोले।
३. सहिदको रगतमा होलि खेलेर सहिद, बेपत्ता र घाइते परिवार लाई बेवास्था गरि दलाल, ठेगदार, र माफियाको पक्षमा काम गरेकोले ।
४.माओवादी आन्दोलन लाई बदनाम, कम्जोर र संसदवादी बनाउन भूमिका खेलेकोले
५. बिकास निर्माणमा कमसल काम गराई कमिसन खाएर व्यक्तिगत सम्पत्ति आर्जन गरेकोले ।
६. माओवादी आन्दोलन बाट स्थापित भएर पट्क पट्क सत्तामा रहेर आधारभूत वर्गको पक्षमा काम गर्नुको सट्टा दलाल, माफिया र पुजिपति वर्गको काम गरेकोले।
७. संसद विकास कोषको रकम आफ्ना झोले कार्यकर्ता लाई पोसने काम गरेकोले ।
८.सहिद, बेपत्ता र घाइते जनमुक्ति सेनाको पक्षमा बोल्न छोडेको ।
” अाठ अाराेप लगाउदै सामाजिक बहिष्कार गरेको छ।