-अनिल नेपाली, अर्घाखाची डट्कम।
अर्घाखाँची ८ मसिरहालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन र प्रदेश सभाको निर्वाचनमा विजयी हासिल गर्ने अर्घाखाँचीका निर्वाचित जनप्रतिनिधिलाई आज एक कार्यक्रमका बीचमा प्रमाणपत्र वितरण गरिएको छ ।
भर्खरै सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य पुष्पा भुसाललाई १७३० मतले मतान्तरले पराजित गदै रायमाझी विजयी भएका हुन् ।
रायमाझीले ४२ हजार ६ सय ७५ मत ल्याउँदा भुसालले ४० हजार ९ सय ४५ मत ल्याइन् नेकपा एमालेका उम्मेदवार चेतनारायण आचार्य विजयी भएका छन्। उनी २० हजार ५ सय ४८ मतका साथ विजयी भएका हुन्।
उनका निकटतम प्रतिद्वन्द्वी राष्ट्रिय जनमोर्चाका सागर केसीले १९ हजार ७ सय ७८ मत प्राप्त गरेका नेपाली काँग्रेसका उम्मेदवार कमल भुसाललाई पराजित गर्दै घिमिरे विजयी भएका हुन ।
विजयी घिमिरेले २२७७६ ल्याउँदा निकटतम प्रतिद्वन्द्वी काँग्रेसका कमल भुसालले २१९७७ ल्याएका हुन । ७९९ मतान्तरले घिमिरे विजयी भएका छन् ।
प्रमाणपत्र प्राप्त गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै नवनिर्वाचित प्रतिनिधिसमा सदस्य टोप बहादुर रायमाझीले जनताले दिएको विश्वासको मतलाई पूर्ण रुपले पालना गर्ने प्रतिवद्धता गदै जिल्लाको विकास सुशासन समृद्धि विकास पक्षमा लाग्ने बताउदै अब राजनितिक क्रान्ति मुलुुकमा अन्त्य भई विकास
समृद्धिको युगमा प्रबेश गरेकोले जिल्लाको विकासको लागि सबै भएर लाग्ने प्रतिबद्धता जनाउदै विकास र सुशासन आफ्नो पहिलो प्राथमिकता रहने बताए ।
कार्यक्रममा प्रदेश सभा सदस्य क्षेत्र न १ का चेतनारायण आचार्य २ का रामजी प्रसाद घिमिरे लाई प्रमाणपत्र वितरण गरिएको थियो कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शशीधर घिमिरे लगायतले शुभकामना मन्तब्य राखेका थिए।
कार्यक्रम मुख्य निर्वाचन अधिकृत डा श्रीकृष्ण भट्टाराईको अध्यक्षता श्रेस्तदार महेश खनाल सञ्चालनमा कार्यक्रम सम्पन्न् भएको थियो ।