-हिमाल
अनेम संघ सन्धिखर्क नगरपालिकाको आयोजनामा सन्धिखर्कमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
अन्तरराष्ट्रिय महिला हिसा विरूद्वको दिवश १६ दिने अभियानको अवसरमा अन्तरक्रिया कार्यक्रममा बोल्दै अनेम संघ केन्द्रिय सचिवालय सदस्य विजुला रायमाझीले राज्यले कानुनमा महिला अधिकार विषयमा धेरै विषय समेटिए पनि कार्यन्वयन पक्षमा फितलो रहेको बताउनु भयो।
कार्यक्रममा नेकपा एमाले जिल्ला सदस्य तथा संघकि केन्द्रिय सदस्य विष्णु आर्चाय,सन्धिखर्क नगर कमिटी अध्यक्ष श्री कृष्ण भुसाल,एमाले जिल्ला सदस्य तथा अनेम सघ जिल्ला अध्यक्ष दिपा आर्चाय लगायतले मन्तव्य राख्नु भएको थियो।
संघकि सन्धिखर्क नगर अध्यक्ष मेनुका पौडेल,पार्वता श्रेष्ठको सञ्चालनमा सम्पन्न कार्यक्रममा, नेकपा एमाले जिल्ला सदस्यहरू शुष्मा श्रेष्ठ,कमला भण्डारी लगायतले मन्तव्य राख्नु भएको थियो ।