केशव खड़का ,सन्धिखर्क
अर्घाखाची डट्कम।
सन्धिखर्क नगरपालिका वडा न ५ वाङला तिर्थथुम मा रहेको श्री जिबनोद्वार माध्यमिक विधालयले आफ्नो स्थापनाको ६३ औ स्थापना दिवस विधार्थि ,अभिभावक ,अक्षयकोष दाता ,चन्दादाता ,पुर्ब विधार्थि ,जननिर्वाचित प्रतिनिधि लगायतको उपस्थितिमा सन्धिखर्कका मेयर कृष्ण प्रसाद श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन गरेको छ | कार्यक्रमको सभापतित्व विधालय ब्यबस्थापन समितिका अध्यक्ष तथा स न पा -५ का वडा अध्यक्ष श्री ऋसब अधिकारि ले गर्नु भएको थियो । अन्य अथितिहरु सन्धिखर्क न पा का कार्यकारिणी अधिकृत खिमलाल भुषाल , नगर पालिकाका शिक्षा शाखा प्रमुख मन्जु आचार्य , पुर्व जिल्ला समन्वय समितिका प्रमुख पिताम्वर शर्मा रहेको उक्त कार्यक्रमको सन्चालन शिक्षक नारायण आचार्यले गर्नु भएको थियो।
कार्यक्रममा विधालयका प्राचार्य नम वहादुर सिङले विधालयको वार्षिक प्रतिबेदन साथै विधालयको भौतिक ,शैक्षिक , आर्थिक आदिको समस्ठगत अबस्थाबारे एक कार्यपत्र प्रस्तुत गर्नु भएको थियो | उक्त कार्यक्रममा नियमित विधार्थिको तर्फ देखि अनिसा श्रेष्ठले शुभकामना मन्तव राख्नु भएको थियो | पुर्व विधार्थिको तर्फ देखि केशव खड़काले शुभकामना मन्तव राख्नु भएको थियो |
उक्त कार्यक्रममा प्रमुख अतिथिको रुपमा मन्तब्य राख्दै नगर प्रमुख श्रेष्ठले आफु सदैव सामुदायिक स्कुलले निजि स्कुल सरह प्रतिस्पर्धा गर्न सक्ने बनाउन कटिबद्द रहेको बताउनु भयो | साथै विधालयको भौतिक ,आर्थिक समस्याको समाधानको लागि सदैव लाग्ने प्रतिवदता व्यक्त गर्नु भएको थियो। कार्यक्रममा विधालयलाइ सहयोग गर्ने अक्षयकोष दाता , चन्दादाताहरुलाइ सम्मान गरिएको थियो ।साथै विधालयको वार्षिक परिक्षामा प्रथम, दितिय , तृतिय , सान्त्वना र अनुसासित विधार्थिलाइ पुरस्कृत गरिएको थियो । नियमित अध्ययन गर्ने विधार्थिहरुले आफ्नो नृत्यकला प्रस्तुत गरेका थिए ।
उक्त विधालयको स्थापना राजा महेन्द्रको पस्चिमाचल भ्रमणको अवसरमा २०१६ सालमा श्री जिवनोद्वार सस्कृत विधालयको रुपमा स्थापना गरिएको थियो । आफ्नो जिवनका आरोह अबरोह पार गर्दै २०३८ सालमा श्री जिवनोद्वार माध्यमिक विधालयको रुपमा सन्चालन गरिएको थियो । यस विधालयले २०४१ देखि प्रबेसिका परिक्षामा आफ्ना विधार्थि सहभागी गराउदै हाल सम्म २५७० विधार्थिले प्रबेसिका पार गरेका छ्न ।२०६४ देखि कक्षा ११ र १२ सन्चालन गर्दै आएको छ । हाल नियमित तर्फ ३४५ जना विधार्थि ,१२ जना शिक्षक, २ जना लेखापाल र २ जना कार्यलय सहयोगी रहेका छ्न।