अर्घाखाँची : एकै घरका ३ जना बालबालिका बाेल्न चल्न नसक्ने फरक क्षमता [अपाङ्गता ], तत्काल राहत आबस्यकता ।

nettv-worldcup2022.jpg

-अर्घाखाची डट्कम।

अर्घाखाँची, मालारानी गा.पा. ९ गाेखुङ्गा सेपाने गाउँका लिल बहादुर पुन र डुका पुनका ६ जना छाेरा छाेरी मध्ये जेठाे छाेरा १८ बर्षिय इन्द्र ब. पुन, ठूली छाेरी १७ बर्षिया निमा पुन र कान्छाे छाेरा ७ बर्षिय हुम ब. पुन अशक्त अबस्थामा रात दिन चिसाे भुईमा पल्टिरहेका छन् । बिकट गाउँ, घरकाे आर्थिक अबस्था अत्यन्तै कमजोर दयनीय छ ।

No description available.

ती बालबालिकाकाे सुतेकै अबस्थामा खाना, पानी र दिशा पिसाब गराउनु पर्ने साथै समय समयमा शरीर फर्काई दिनुपर्ने अबस्था छ।

No description available.

एउटा बिमारीकाे पीडा भाेग्ने त धेरै छाैं ,तर ३ वटा अशक्त अपाङ्गताकाे पीडा धेरै कष्टकर हाेला तसर्थ लगाउने, फेर्ने, डसाउने र ओढ्ने कपडाकाे समस्या भएकाे हुंदा ,ती फरक क्षमताका [अपाङ्गता]  बालबालिकाका लागि तत्काल लगाउने फेर्ने कपडा, डसाउने पी फम र ओढ्ने कम्मल लगायतका अती आबश्यक सामाग्री जरुरी रहेको सामाजिक अभियन्ता कुल बहादुर नेपालीले उल्लेख गर्नु भएको छ।

No description available.

तसर्थ समन्धित वार्ड र पालिकाले निज बालबालिकाको समस्यालाई तत्काल सम्मोधन गर्नु जरुरी देखिन्छ।
निजको बारेमा आब्सयक सम्पर्क र जानकारी यस् प्रकार रहेको छ।

No description available.

तपाईंको सानाे सहयाेग ती बालबालिकालाई ठूलाे राहत हुनेछ ।

सम्पर्क नं ९७४९८९११६५ र ९८६७०३२७८८८ मा फाेन गरेर बुझ्न सक्नु हुन्छ ।

अन्य समाचारहरु