-दीपेन्द्र पौडेल , अर्घाखाची डट्कम।
अर्घाखाची, मंसिर २१ – जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीको आयोजनामा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर १ स्थित श्री पाणिनी बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई जिल्ला प्रहरी कार्यालय
अर्घाखाँचीका, कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक मुकुन्द प्रसाद रिजाल ज्यु द्वारा समुदाय-प्रहरी साझेदारी अन्तर्गत स्कुल सम्पर्क कार्यक्रम गरी लागू पदार्थ दुर्व्यसनी र
साइबर अपराध नियन्त्रण, यसको विद्यमान अवस्था, चुनौतीहरु र कानुनी व्यवस्था सम्बन्धी विषयमा प्रशिक्षण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको छ।