-अनिल नेपाली , अर्घाखाची डट्कम।
कम्प्यूटर एसोसियसन नेपाल (क्यान महासंघ) FEDERATION OF COMPUTER ASSOCIATION OF NEPAL (CAN) अर्घाखाँचीको दोस्रो बार्षिक साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ ।
दोस्रो बार्षिक साधारण सभा कम्प्यूटर एसोसियसन नेपाल क्यान महासंघ अर्घाखाँचीका अध्यक्ष दिपक नेपालीको अध्यक्षता र सचिव प्रकास भुसालको संचालनमा सम्पन्न भएको हो ।
सधारण सभाले विनोद गैरेको अध्यक्षतामा ९ सदस्यीय जिल्ला कार्य समिति गठन गरेको छ भने ५ सदस्यीय सल्लाहाकार समिति समेत गठन गरेको छ ।
नव गठित समितिको उपाध्यक्षमा गणपति भुसाल, सचिव प्रकाश भुसाल, सह–सचिव दिपक अधिकारी, कोषाध्यक्ष ऋषिकेष भट्टराई, सदस्यहरुमा विष्णु प्रसाद भुसाल, मिना पराजुली र सावित्रा भुसाल रहनुभएको छ ।
साधारण सभाले दिपक नेपाली, भानु पराजुली र कृष्ण बहादुर सुनार सल्लाहाकार समितिका चयन गरेको छ ।