ढाकावाङमा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको मृत्यु

लक्ष्मण घिमिरे ।

अर्घाखाँची । भुमिकास्थान नगरपालिकामा आफैले चलाएको ट्याक्टरले किच्दा एक जनाको मृत्यु भएको छ । लु ४ त १२२ नम्बरको ट्याक्टर पल्टिंदा ३५ वर्षिय चालक ठाकुर पाण्डेको मृत्यु भएको प्रहरीले जनाएको छ ।

भुमिकास्थान नगरपालिका वडा नम्बर–२, खाकाबेसीबाट ढाकावाङ जाने क्रममा ट्याक्टर अनियन्त्रि भई सडकबाट करिब १५० मिटर तल खसेको थियो । ट्याक्टरसंगै पल्टिएका चालक पाण्डेको जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारका क्रममा ज्यान गएको प्रहरीका सुचना अधिकारी ईन्स्पेक्टर कृष्ण घिमिरेले जानकारी दिए ।

घटनाका विषयमा थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।