-घनश्याम पौडेल,अर्घाखाँची ।
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–८ आपखोलाका ३८ वर्षिय विष्णुबहादुर थापाले कफि खेती गर्छन् । स्नाकोत्तर तहको अध्ययन गरेका थापाको सरकारी जागिरे बन्ने इच्छा थियो, तर अध्ययनपछि आँखामा समस्या भएपछि राम्रोसँग देख्न छोडे । १७ वर्षसम्म अध्ययनमै समय विताएका थापाले ५ वर्ष आखाँको उपचारमा समय बिताए, तर आँखा ठिक नभएपछि गाउँमै कफि खेतीको सुरुवात गरे । १५० बोट कफि खेती भएको थापा कफी खेतीमा व्यवसायीक बन्दै छन्, पानिको समस्या छैन, कफि खेतीको ज्ञान कम थियो, प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले दिएको ३ दिनको तालिमपछि थप ज्ञान प्राप्त भएको छ, अझै व्यसायीक रुपमा लाग्छु।
पाणिनि–८ का तिलकराम पोख्रेलले कफीका १००० बोट बिरुवा लगाएका छन, १० रोपनि क्षेत्रफलमा लगाएको कफी खेतीले दुई वर्षपछि उत्पादन सुरु हुन्छ, बिरुवाहरु हुर्केका छन्, व्यवसायीक बन्नका लागी कफि खेतीमा लागेका छौँ, पोख्रेलले भने ।
जिल्लाको कफि उत्पादन हुने राम्रो क्षेत्र रहेको ठुलापोखराका कृषक कृष्णप्रसाद पाण्डेको बारीमा ५०० बिरुवा कफीका छन् । व्यवसाीयक बनेका पाण्डेले कफि जोन सञ्चालक समन्वय समिति अर्घाखाँचीका अध्यक्ष हुन, १००० बोट लगाएकोमा गभारोले समस्या पारेपनि उपचार गर्दै व्यवसायीक बन्न गाउँभरी नै कफी खेती लगाएका छौँ ।
कफी खेतीको उत्पादन वृद्धि सँगै बजारको समस्या नरहेको, कफि खेती पुर्व उत्तर फर्केको भागमा कफि सफल हुने किमडाडाँका व्यवसायिक कृषक पुष्करनाथ बन्जाडे बताउँछन् ।
कफिको तालिम पहिलोपटक लिएका शितगंगा–५ जुकेनाका बासुदेव अधिकारीले १२० बोट कफि लगाएका छन्, विगतका वर्षमा गभारोको समस्या भएपनि अहिले तालिमहरु लिएका छौँ, व्यवसायीक बन्दै छौँ । प्रधानमन्त्री कृषि आधुनिकिरण परियोजना कार्यान्वयन एकाई अर्घाखाँचीका प्रमुख रामनाथ पाण्डे भन्छन् ‘अर्घाखाँची कफिका लागी उपयुक्त ठाउँ हो, जिल्लामा ४५ हेक्टरमा कफि खेती भएको छ, २० हजार हेक्टर क्षेत्रफल सम्भावना रहेको ठाउँ हो, पाण्डेले भने ।
कफिका कृषकहरुलाई व्यवसायीक बनाउँन जिल्ला स्तरिय ३ दिने तालिम कफि बालि तालिमले कफि खेतीको क्षेत्र वृद्धि सँगै कृषकहरुमा व्यवसायीक बन्नमा सहयोग पु¥याउँने पाण्डेले बताए ।
कफिको अत्यधिक माग विदेशमा बढि छ । ३ दिनसम्म सञ्चालन भएको तालिममा २० जना कफि कृषकको सहभागीता रहेको थियो । ८०० मिटरदेखि १६०० मिटरभित्र हुने कफि खेती उत्कृष्ट सँगै अर्गानिक हुने प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना अर्घाखाँचीले जनाएको छ ।