डोटीमा सबैभन्दा धेरै मत बदर, सबैभन्दा कम मनाङमा

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा डोटीमा सबैभन्दा धेरै ९ प्रतिशत मत बदर भएको छ  । हिमाली जिल्ला मनाङमा सबैभन्दा कम अर्थात् शून्य दशमलव ३९ प्रतिशत मत बदर भएको छ  ।

निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार प्रत्यक्षतर्फ ७.८२ प्रतिशत मत बदर भएको डोटीमा समानुपातिकतर्फ नौ प्रतिशत बदर भएको हो । मनाङमा प्रत्यक्षतर्फ ०.३९ र समानुपातिकतर्फ ०.९५ प्रतिशत बदर भएको छ ।

प्रतिनिधि सभामा प्रत्यक्षतर्फ देशभर भने ५.०६ र समानुपातिकतर्फ ५.०९ प्रतिशत मत बदर भएको छ ।

प्रत्यक्षतर्फ कुल मतदाताको ६१.४१ प्रतिशत अर्थात् १ करोड १० लाख ४७ हजार ३४ मत खसेको थियो । जसमा ५ लाख ५९ हजार ७६ मत बदर भएको हो । समानुपातिकतर्फ कुल मतदाताको ६१.८५ प्रतिशत अर्थात् १ करोड ११ लाख २६ हजार २२६ मत खसेको थियो । जसमा ५ लाख ६६ हजार १४४ बदर भएको हो  ।

बदर मतलाई १ प्रतिशतमा झार्ने लक्ष्यसहित निर्वाचन आयोगले यसपालि निर्वाचनमा मतदाता शिक्षामा ५० करोड खर्च गरेको थियो  । तर, बदर दर भने ०७४ कै हाराहारीमा छ  । ०७४ को प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फ ५.१८ प्रतिशत मत बदर भएको थियो  ।- इमेज

अन्य समाचारहरु