अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क । अर्घाखाँची सन्धिखर्क नगरपालिका वार्ड नम्बर २ कुर निवासी बामपंथी आन्दोलनकी महिला नेतृ यमुना भुसालको उपचारको क्रममा मृत्यु भएको छ ।
अकस्मात् बिमारी भई काठमाण्डौंको न्युरो अस्पताल बासबारीमा उपचारको क्रममा गएराति करिब ११:०० बजे भुसालको ५४ बर्षको अल्पायुमै मृत्यु भएको हो ।
उहाँ पछिल्लो समय नेकपा ( एकीकृत समाजवादी ) को केन्द्रिय सदस्य एवम् अर्घाखाँची जिल्ला सह- इन्चार्जमा रहेर काम गदै आउनुभएको थियो ।
अविबाहित यमुनाले शुरुवातीको लामो समय नेकपा (मसाल) को महिला संगठनको केन्द्रिय समितीमा समेत रहेर काम गर्नु भएको थियो ।
उहाँको आज दिउँसो २ : ०० बजे पशुपति आर्यघाटमा अन्तिम दाहासंस्कार गरिएको छ ।
उता महिला नेतृ यमुना भुसालको निधनले अर्घाखाँची शोकमा डुबेको छ । जिल्लाबासीहरुले सामाजिक सन्जाल मार्फत अन्तिम श्रद्धाञ्जली व्यक्त गरेका छन् । यस्तै पार्टी अध्यक्ष राम बहादुर चौहानले केन्द्रिय सदस्य एवम् अर्घाखाँची जिल्ला सह- इन्चार्ज यमुना भुसालको निधन प्रति गहिरो समवेदना व्यक्त गर्नुभएकोछ ।