पुस १५ देखि पूर्ण रुपमा लागू हुँदै एमडीएमएस, दर्ता नभएका फोन नेपालमा नचल्ने

 

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

 

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले आउँदो पुस १५ देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) पूर्ण रूपमा कार्यान्वयनमा ल्याउने भएको छ । यसअघि परीक्षणका रूपमा लागू भएको एमडीएमएसको सम्पूर्ण प्राविधिक तयारी सकिएको प्राधिकरणले जानकारी दिएको छ ।

अब एमडीएमएसमार्फत मोबाइल सेटको गैरकानूनी आयात, बिक्री वितरण तथा प्रयोगलाई निरूत्साहित गरी थप व्यविस्थत गर्न चोरी भएका तथा हराएका मोबाइल सेटको ट्रयाकिङ ब्लकिङ गर्न सकिने प्राधिकरणको भनाइ छ ।

साथै एक सूचना जारी गर्दै प्राधिकरणले विदेशबाट आउने नेपालीहरूले निजी प्रयोगका लागि आफ्नो साथमा ल्याएका एमडीएमएस प्रणालीमा दर्ता नभएका वा नेपालमा मिति २०७९ भदाैभन्दा अघि प्रयोगमा नरहेका मोबाइल सेटहरूको १५ डिजिटको आईईएमइ नम्बर सहितको भन्सार घोषणा गरी भन्सार ऐन २०६४ अनुसार भन्सार कार्यालयबाट प्रज्ञापनपत्र लिई प्रणालीमा अद्यावधिक गर्न अनुरोध गरेको छ ।

नियमअनुसार भन्सारमा घोषणा नभएको मोबाइल फोन सेट मिति २०७९ पुस १५ देखि दर्ता नगरिने र यस्ता मोबाइल सेट सञ्चालनका समेत रोक लगाइने हुँदा व्यक्तिगत प्रयोजनका लागि ल्याइएका मोबाइल सेटहरू प्रज्ञापनन सहित राहदानी नागरिकता राष्ट्रिय परिचयत्रका आधारमा यो वेबसाइट गई दर्ता गर्न अनुरोध गरिएको छ ।

साथै प्राधिकरणले नेपालभित्रै मोबाइल खरिद गर्दा उक्त मोबाइल सेट नेपाल दूरसञ्चार प्राधिकरणको एमडीएममा दर्ता भए/नभएको यकिन गर्न सकिने हुँदा सोही अनुसार यकिन गरेर मात्र खरिद गर्न आग्रह गरेको छ । त्यस्तै मोबाइल आयात गर्नुअघि अनिवार्य रूपमा प्राधिकरणको पूर्ण रूपमा स्वीकृति लिई प्राधिकरणमा दर्ता भएका मोबाइल मात्र बिक्री वितरण गर्न मोबाइल आयातकर्ता बिक्रेतालाई सचेत गराइएको छ । – टेकपाना

 

अन्य समाचारहरु