माओवादी गठबन्धन तोडेर एमालेतिर जाँदा ,नेकपा एस अलपत्र, अध्यक्ष नेपाल आन्तरिक छलफलमा

WhatsApp_Image_2022-11-17_at_5.40.17_PM.jpeg

 

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफूहरूसँग सल्लाह नगरी बालकोट पुगेको बताएका छन् । पार्टीका नेताहरूसँग अध्यक्ष नेपालले आइतबार यस्तो बिफ्रिङ गरेका हुन् ।

सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी गठबन्धनमा टुटेपछि अन्योलमा परेको छ । नयाँ सरकार गठनमा एमाले माओवादी सहकार्य हुने भएपछि नेकपा एस अलपत्र परेको हो ।यद्यपि, यथास्थितिमा एमालेसँग कुनै सहकार्य नहुने अध्यक्ष नेपालको अडान छ । उनले अब कांग्रेससँगको सहकार्य टुङ्गिएको पनि सो क्रममा बताए । हाल उनी पार्टीका नेताहरुसँग छलफलमा जुटेका छन् ।

अन्य समाचारहरु