काठमाडौँ — नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाललाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिएका छन् । माओवादी केन्द्रका अध्यक्ष दाहाललाई आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको रुपमा नियुक्त गरेको केही घन्टामै ट्वीट गर्दै मोदीले बधाई दिएका हुन् ।
‘नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनु भएकोमा हार्दिक बधाई छ । भारत र नेपालबीचको विशेष सम्बन्ध, गहिरो सांस्कृतिक सम्बन्ध र जनता–जनता बीचको न्यानो सम्बन्धमा आधारित छ । यो मित्रतालाई अझ मजबुत बनाउन म तपाईंसँग मिलेर काम गर्न तत्पर छु,’मोदीले ट्वीटरमा लेखेका छन् ।