सन्दीपको निवेदन ‘हेर्न नभ्याइने’मा

 

1903-x-650_1.jpg

 

काठमाडौँ । बलात्कार आरोपमा पुर्पक्षका लागि थुनामा रहेर मुद्दा लडिरहेका नेपाली राष्ट्रिय टिमका पूर्वकप्तान सन्दीप लामिछानेको पुनरावेदनको पेसीकाे सुनुवाइ आज पनि हुन सकेन।

उच्च अदालत, पाटनका न्यायाधीशद्वय सुभाष पौडेल र किरणकुमार पोखरेलको इजलासमा परेको लामिछानेको निवेदन आज पनि ‘हेर्न नभ्याइने’मा परेको छ।

बलात्कारको आरोपमा लामिछानेलाई काठमाडौँ जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा पठाएको छ।

सन्दीप पक्षका वकिलले आवश्यक सबै प्रमाणहरू अदालतसमक्ष बुझाइसकेका छन्।