पाणिनिको फर्सहवा मावीको ४७ औँ वार्षिकोत्सव सम्पन्न, पत्रकार डिआरजी सुमन सम्मानित ।

 

 

1903-x-650_1.jpg

 

-डिआरजी सुमन   खिदिम ,अर्घाखाँची ।

 

पाणिनि गाँउ पालिका वडा नं ३ को फर्सहवा टाकुरा मावीको ४७ औँ वार्षिकोत्सव सम्पन्न भएको छ ।

यस विद्यालयको पृष्ठभूमि “तत्कालिन खिदिम  गाउँ पञ्चायतको वडा नं. ३ अन्तर्गत फर्सवा टाकुरास्थान जहाँ जंगल रहेको स्थानमा विद्यालय निर्माण गरी अर्घाखाँची, गुल्मी र पाल्पा ३ जिल्लाका बासिन्दालाई शिक्षाको उज्यालो देखाउने पवित्र  उद्देश्य लिई

विद्यालयका सस्थापक  स्व. श्री जिवनाथ गौतमको सक्रियतामा यो क्षेत्रका शिक्षा प्रेमी व्यक्तित्वहरुको सहयोगमा वि.सं. २०३३ सालमा श्री फर्सवा टाकुरा प्रा.वि., २०३५ निम्न मा.वि., वि.सं.२०४० मा माध्यमिक विद्यालयको रुपमा स्थापित भइ सञ्चालित भएको थियो ।

वि.सं. २०५२ सालमा माध्यमिक तह स्थाइ स्वीकृती भएको थियो । समय क्रमसँगै स्थानीय आवश्यकताअनुरुप स्वर्गीय गणेश गौतम तथा लंक  बहादुर के.सी. लगायत यस क्षेत्रका शिक्षा प्रेमी व्यक्तित्वहरुको विशेष पहलमा सालमै साविकउच्च माध्यमिक तहको अनुमति प्राप्त भएको थियो ।

२०५२ विद्यालयलाई स्थापना काल देखि हालको अवस्था सम्म ल्याउन महत्वपूर्ण योगदान गर्नु हुने यस क्षेत्रका धेरै शिक्षाप्रेमी तथा समाजसेवी ब्यक्तित्वहरुको  नाम र योगदान यो छोटो प्रतिवेदनमा उल्लेख गर्न नसकेकोमा क्षमा चाहन्छु ।

२. विद्यालयको भौतिक अवस्था : हाल यस बिधालयको  नाममा ३ वटा कित्ता गरी ४७ रोपनी जग्गा रहेको छ। विद्यालयमा जम्मा भवन संख्या ६ वटा छन् । ति मध्ये २ वटा भवन जीर्ण अवस्थामा छन् । ४ कोठे पक्की भवन  एक वटा निर्माणधीनअवस्थामा रहेको छ ।”

पाणिनि गाँउ पालिका वडा नं ३ का वडा अध्यक्ष युवराज ज्ञावलीको अध्यक्षता, लुम्बिनी प्रदेश सभासद रामजी प्रसाद घिमिरेको प्रमुखआथित्यता,अर्घाखाँची जिल्ला समन्वय समिति प्रमुख जीव नारायण कोईरालाको विशिष्ट आथित्यता,पाणिनि गाँउ पालिका अध्यक्षटेकराज न्यौपाने,उपाध्यक्ष नर्मदा गौतम, प्रमुख  प्रशासकीय अधिकृत हुमलाल भूसाल,पाणिनि गाँउ पालिका शिक्षा अधिकृत तेज वहादुरखनाल,स्वतन्त्र पत्रकार डिआरजी सुमन,पाणिनि पर्यटन  समाजका अध्यक्ष झविन सुनाम,ओम इन्टरटेन्टमैट प्रालिका महासचिव वसन्तकेसी लयायतको आथित्यता रहेको कार्यक्रम कृष्ण पौडेलको सन्चालनमा सम्पन्न भएको छ ।

पाणिनि गाँउ पालिका वडा नं ३ को फर्सहवा टाकुरा मावीको ४७ औँ वार्षिकोत्सवमा यस विद्यालयका प्रधानध्यापक  वावुराम भट्टराईले विद्यालयको प्रतिवेदन सार्वजनिक गर्नु  भएको थियो । वार्षिकोत्सव कार्यक्रममा पाणिनि गाँउ पालिका शिक्षा अधिकृत तेज वहादुर खनालले विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्न सम्बन्धित बिधालयका  शिक्षक,विद्यार्थी र अविभावक विच समन्वयात्मक गतिविधि संचालन गर्न आग्रह गर्नु भएको छ ।

सरकारी विद्यालयमा स्थानीय सरकार र संघीय सरकार मार्फत उत्कृष्ट  शिक्षकको नियुक्ति,अत्याधुनिक भवन,समसामयिक तालीम व्यवस्थापन हुदाहुदै पनि शैक्षिक प्रतिवे-दन सन्तुष्ट परक नभएको वताउदै पाणिनि गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत हुमलाल भुसालले ४९औँ वार्षिकोत्सव मनाउदै गर्दा सार्वजनिक गरिने विद्यालयको प्रति-वेदनमा फरक पन ल्याउनेगरी गतिविधि संचालन गर्न विद्यालय प्रशासनलाई निर्देशन दिनु भएको छ ।

पाणिनि गाँउ पालिका अध्यक्ष टेकराजन्यौपाने, उपाध्यक्ष नर्मदा गौतम,स्वतन्त्र पत्रकार डिआरजी सुमन,जिल्ला समन्वय प्रमुख जीव नारायण कोईराला,लुम्बिनी प्रदेश सांसदरामजी प्रसाद घिमिरे लगायतको मन्तव्य रहेको कार्यक्रममा पाणिनि गाँउ पालिका वडा नं ३ का अध्यक्ष युवराज ज्ञावलीले समापनमन्तव्य मार्फ़त यस विद्यालयको शैक्षिक र भौतिक विकासमा आफुले गंभीरता पुर्वक गतिविधि संचालन गर्ने वताउनु भएको छ ।

पाणिनिगाँउ पालिकामा रहेर स्वतन्त्र पत्रकारिता मार्फत सार्वजनिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै स्वतन्त्र पत्रकार डिआरजी सुमनलाईविद्यालयका प्रधानाध्यापक वावुराम भट्टराई र पाणिनि गाँउ पालिका वडा नं ३ का वडा अध्यक्षले सम्मान गरेका छन । स्वतन्त्र पत्रकारडिआरजी सुमनको मन्तव्य प्रति विद्यार्थी र अविभावकको तालिले मन्चमा रौनकता छाएको थियो ।

 तस्वीर- डिआरजी सुमन/फर्सहवा टाकुरा,अर्घाखाँची ।

अन्य समाचारहरु