डा. बिष्णु फीलीप परियार र मेरी जुविचुको जोडीले आफ्नो बाल्यकाल सम्झदै ,अर्घाखाचीका बिभिन्न स्कुलमा गरे आर्थिक सहयोग ।
-बसन्त खड्का ,अर्घाखाची डट्कम।
डा. बिष्णु फीलीप परियार र मेरी जुविचुको जोडीले आफ्नो बाल्यकाल सम्झदै ,अर्घाखाचीका बिभिन्न स्कुलमा गरे आर्थिक सहयोग गरेका छन।
अर्घाखाँची जिल्ला सन्धिखर्क नगरपालिका वडा नम्बर ४ नाङ्गेठाटी काेटफेरा स्थायी घर भै हाल भारतकाे नागाल्याण्डमा कर्मथलाेकाे रुपमा सेवारत डाक्टर बिष्णु फीलीप परियार र उहाँको धर्म पत्नी मेरी जुविचु परियारले बाल्यकालमा आफैंले अध्ययन गरेको बिधालय श्री सरस्वती आधारभुत विद्यालय स.न.पा ४ नाङ्गेठाटीमा रु १००५५५ (एक लाख पाच सय पचपन्न),जीवनाेद्वार माध्यमिक विद्यालय स.न.पा ५ थिर्थथुममा रु १०११११ (एकलाख एकहजार एकसय एघार रुपैयाँ ) जनज्योति माध्यमिक विद्यालय स.न.पा २ मा रु १००००० ( एकलाख रुपैयाँ ) बराबरको दलित तथा विपन्न छात्रवृत्ति अक्षयकोष स्थापना गर्नुभएको छ।
मन्तब्यकाे क्रममा डा बिष्णु फीलीप परियारले आफ्नो बाल्यकाल दुख सग बितेको कक्षा ५ मा पढ्दा किताब किन्न नसकेर अरुकाे किताब पढेर परिक्षा दिएकाे भन्दै यस्तो परिस्थिति अहिलेका विद्यार्थीलाई नपराेस भनेर विद्यार्थीहरुलाइ प्राेत्साहन र शिक्षा क्षेत्रमा सहयोग स्वरुप उक्त अक्षयकोष स्थापना गरेकाे बताउनुभयो ।
उक्त कार्यक्रममा अक्षय दाता डा बिष्णु फीलीप परियार र उहाकाे धर्म पत्नी मेरी जुविचुलाइ विद्यालय व्यवस्थापन समितिका अध्यक्षले माला र खादाद्वारा सम्मान गरिएको थियोे।
तिनवटै विद्यालयमा कार्यक्रम व्यवस्थापन समितिका अध्यक्ष तथा सदस्यहरु,सम्बन्धित वडा अध्यक्ष तथा वडा सदस्यहरु ,समाजसेवी विशिष्ट व्यक्तिहरु शिक्षक तथा विद्यार्थीहरुकाे उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियाे।