जनताको बिचमा कुनै पार्टीको सदस्य लिएर होईन स्वतन्त्र रुपमा सेवा गर्ने अठोट लिएको छु-  दुर्गा बन्जाडे (अभियन्ता / लौरो अभियान)

 

 

– अर्घाखाची डट्कम।

दुर्गा बन्जाडे अर्घाखाँची प्रतिनिधिसभा सदस्य पदको उम्मेदवारमा हाम्रो नेपाली पार्टी (लौरो अभियान) र स्वतन्त्र उम्मेदवार बिच भद्र सहमती अनुसार चुनाव चिन्ह “लौरो “को लागी हाम्रो नेपाली पार्टीको नितिनियम मानेर म दुर्गा बन्जाडे अर्घाखाँची जिल्लाबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनेको थिए।

मैले आफ्नो उम्मेदवारी स्वतन्त्र बाट पनि दिने थियो।तर मेरा शुभचिन्तकहरुको सल्लाह सुझाव अनुसार तपाईले “लौरो”चिन्ह लिएर चुनावमा भाग लिनुपर्छ भन्ने रह्यो र म मेरा सुभचिन्तकहरुको सल्लाह सुझाव अनुसार प्रतिनिधि सभाको चुनाबी मैदानमा उत्रिएको थिए।

आफुले सोचेजस्तो परिणाम नआएता पनि मेरो एउटा जिवनको अनुभव सिकाई भएको र फेरि पनि जनताको बिचमा कुनै पार्टीको सदस्य लिएर होईन स्वतन्त्र रुपमा मैले सेवा गर्ने अठोट लिएको छु।

चुनाव सकिए लगत्तै मेरो र हाम्रो नेपाली पार्टी संग कुनै संबन्ध नरहेको र म त्यो पार्टीको सदस्य पनि नलिएको कारणले म चुनावमा भाग लिनु भन्दा पहिले पनि स्वतन्त्र नै थिए र अहिले पनि स्वतन्त्र भएर नै जनताको सेवा गर्ने जनताको बिचमा रहने छु।

अन्य समाचारहरु