अजय के,सि
पुस २२, अर्घाखाँची ।
जिल्लाको भूमिकास्थान नगरपालिका वार्ड नम्बर ३ र ४ धारापानीमा अवस्थित शसक्तिकरण महिला कृषि सहकारी संस्था लिमिटेडको सातौ वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।
साधारण सभा भूमिकास्थान नगरपालिका मेयर तथा आजको कार्यक्रमका प्रमुख अथिती झबिलाल थापाले उद्घाटन गर्नुभएको थियो ।
कार्यक्रममा बोल्दै झबिलाल थापाले सहकारीहरुमा जम्मा भएका पैसा निकालि घर बेबार मिलाउन घुम्न रमाइलो गर्न ,घर जग्गा किन्न प्रयोग नगरी आय आर्जन हुने खालका कार्यहरुमा प्रयोग गर्न अनुरोध गर्नु भएको थियो।
साधारण सभामा future bording school का प्रिन्सिपल थम्मन के,सि सम्पुर्ण सहकारीको तर्फबाट शिक्षक कृष्ण बन्जाडे सम्पुर्ण बिद्यालयको तर्फबाट अन्नपुर्ण मा,बि का शिक्षक लेखनाथ बन्जाडे सम्पुर्ण राजनितिज्ञको तर्फबाट माओवादी केन्द्रका बिष्णु बन्जाडे जनप्रतिनिधि हरुको तर्फबाट वडा न ४ का वडा अध्यक्ष बाबुराम पन्थी लगायतले सहकारीलाई शुभकामना दिनुभएको थियो।
कार्यक्रम संस्थाका अध्यक्ष श्रीजना के,सि को अध्यक्षता ,सुनिता घ,म को संचालन र जिबकला थापा आले को स्वागत मन्त्वयमा सम्पन्न भएको थियाे।