च्याउ खेतिमा रमाउदै सन्धिखर्क -२ का युवा कृषक भन्छन दैनिक एक क्विन्टल च्याउ बिक्री गरेको छु ।
देशमा रोजगारिको अवसर नभएको भन्दै युवाहरु भौतारिदै गरेको अवस्थामा मेहनत गरे प्रतिफल मिल्छ भन्ने उदाहरण दिदै अर्घाखाँचीको सन्धिखर्क नगरपालिका -२ वृत्तिका युवा कृषक बन्धु भने च्याउ खेतिमै रमाएका छन ।
उनले आफ्नै खेतमा बिगतका बर्ष देखिनै च्याउ लगायत तरकारी खेती गरेर राम्रो आम्दानी गर्न सफल भएका छन ।
अहिले च्याउको सिजन चलिरहेको बेला सन्धिखर्क र चुत्राबेसी बजारमा दैनिक एक क्विन्टलको अनुपातमा च्याउ बिक्री गरिरहेको कृषक बन्धु बताउछन ।
जुनकिरी कृषि फार्म को नाममा कृषि ब्यबसाय दर्ता गरेर उनले ब्यबसायिक तरकारी खेती सुरु गरेका हुन ।
ब्यबसाय दर्ता गरेर खेती सुरु गरेता पनि स्मार्ट कृषि कार्यक्रम बाट केही सहयोग मिलेता पनि स्थानिय सरकारको रुपमा रहेको सन्धिखर्क नगरपलालिकाले कृषकको हकमा गुणस्तरिय कार्य गर्न नसकेको उनको भनाइ छ ।
च्याउ रोप्ने समयमा सन्धिखर्क नगरपालिकाले बीउ बितरण पनि गरेको थियो ।
यद्यपि उक्त बीउ लैजाने कृषकहरुले च्याउ उत्पादन गर्न असफल भएको कृषक बन्धुको भनाइ छ । उनले आफू नगरले दिए बिउको गुणस्तरमा बिस्वस्त नभएर आफ्नै पहलमा बीउ खरिद गरि खेती गर्ने गरेकोले घाटा बेहोर्न नपरेको तर्क गर्दछन ।
च्याउ स्वास्थको लागि पनि महत्वपूर्ण मानिदै आएको छ । च्याउमा पाइने तत्वहरुले मुटु रोगको खतरा कम गर्ने पनि स्वास्थकर्मिहरु बताउछन ।