– अर्घाखाची डट्कम ।
अर्घाखाँचीकाे सन्धिखर्क नगरपालिका वडा न १ तुम्काेटका ६७ बर्षिय चन्द्र बहादुर नेपालीको उपचारको क्रममा भैरहवा मेडिकल कलेजमा मुत्यु भएको छ ।
६७ बर्षिय नेपालीलाई बिहीबार सन्धिखर्क देखि घर तुम्काेट जाने क्रममा लु २ त १७६३ नम्बरको ट्याक्टरले लु ११ प ५५८० नम्बरको नेपाली सवार गरेको माेटरसाईकललाई ठक्कर दिदा गम्भीर घाइते भएका नेपालीको उपचारको क्रममा हिजो मुत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने चालक र गाडी नियन्त्रणमा लिई थप अनुसन्धान प्रकृया अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक तथा सुचना अधिकारी कृष्ण प्रसाद घिमिरेले बताउनु भएको छ।