-अर्घाखाची डट्कम।
अर्घाखाची -भूमिकास्थान वार्ड न् ५ जोगीटारीको खोलाबाट मिति २०७९।०९।२६ गते बिहान ०७ : ०० बजेको समयमा अवैध रुपमा नदीजन्य पदार्थ चोरी निकासी गरेको भन्दै Rotax 220.5 HYUNDA कम्पनीको स्काभेटरलाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी भुमिकास्थान नगरपालीकाको कार्यालय पठाईएको प्रहरीले बताएको छ।
खिल्जी स्थित प्रहरी चौकीबाट खटिएको प्रहरीले खोलामा अबैध रुपमा नदीजन्य पदार्थ ढुङ्गा गिट्टी निकाल्दै गरेको अबस्थामा उक्त स्काभेटरलाई नियन्त्रणमा लिइ थप र
आबस्यक कार्बाहीको लागी भूमिकास्थान नगरपालिकाको कार्यलयमा पठाएको जानकारी दिएको छ।
-अर्घाखाची डट्कम।