सन्धिखर्क नगरपालिका वडा नं. ७ द्वारा पञ्चेबाजा हस्तान्तरण

 

 

 

-सागर मरासिनी,अर्घाखाची 

सन्धिखर्क –   सन्धिखर्क नगरपालिका वडा नं. ७ द्वारा आ.ब.२०७९/८० को आदिवासी जनजाति कला-संस्कृती कार्यक्रम अन्तर्गत यसै स.न.पा.७ खाँचिकोट दरबार युवा क्लब लाई गाउँ मै गएर पञ्चे बाजा हस्तान्तरण गरेको छ।

No description available.

सो पञ्चे बाजा वडा अध्यक्ष चुरा बहादुर के.सि. वडा सदस्य मिना ज्ञवालि, वडा सदस्य पुस्पा नेपाली, वडा सचिब तुलसा श्रेष्ठ लगायत वडाको टोलि नै खाचिकोट मैदान पुगेर क्लबका अध्यक्ष गणेश सुर्यवंशि  लगायत सम्पूर्ण क्लबका  पदाधिकारीको उपस्थितिमा  हस्तान्तरण गरिएको छ।

लोप हुन लागेको पञ्चे बाजाको सरक्षण गर्न र नयाँ पुस्तालाई पुरानो बाजा र यस सग जोडीएको परम्परालाई जोगाउन यो फल्दायी हुने अपेक्षा सहित बाजा हस्तान्तरण गरिएको वडा अध्यक्ष चुरा बहादुर केसिको सचिवालयले जानकारी दिएको छ ।

 

अन्य समाचारहरु