अर्घाखाँची : २५ जनाले बनाउछन दैनिक पासपोर्ट

 

 

 

-भिम विश्वकर्मा ,अर्घाखाची ।

अर्घाखाँची । एक तथ्यांकअनुसार अर्घाखाँचीमा दैनिक २५ जनाले पासपोर्ट बनाउने गरेको देखिएको छ ।

जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीको तथ्यांकअनुसार यस्तो देखिएको हो । प्रशासन कार्यालय अर्घाखाँचीले सार्वजनिक गरेको मासिक प्रगति अनुसार जिल्लामा आर्थिक बर्ष ०७९/०८० को पौष मसान्त सम्ममा ४ हजार ४ सय ८३ राहदानी सिफारिस गरिएको छ ।

सामान्य सिफारिस तर्फ ४ हजार ६६ र द्रुत सेवा सिफारिस तर्फ ४ सय १७ गरि यो आर्थिक बर्षको श्रावण देखी पौष महिना सम्ममा ४ हजार ४ सय ८३ जनाको राहदानी सिफारिस गरिएको प्रशासनको तथ्यांकमा उल्लेख छ ।

पौष महिनामा मात्रै ५ सय ७५ राहदानी सिफारिस गरिएको छ । समान्य सिफारिस तर्फ ५ सय ३५ र द्रुत सेवा सिफारिस तर्फ ४० गरि पौष महिनामा मात्र ५ सय ७५ जनाको राहदानी सिफारिस गरिएको हो ।

यस्तै यो आर्थिक बर्षको पौष मसान्त सम्ममा राहदानी सिफारिस बापत २ करोड ६७ लाख ४५ हजार रुपैया राजस्व समेत संकलन भएको छ । पछिल्लो समय जिल्लामा मात्र नभइ देशभर राहदानी बनाउनेको संख्या वृद्धि भएको तथ्यांक छ ।

अन्य समाचारहरु