-अर्घाखाची डट्कम सम्बाददाता ।
सन्धिखर्क नगरपालिका वडा न ४ वाङला देउराली डाडा कि रामप्यारि परियारले आफ्नो घरको लागि सन्धिखर्क न. पा मा दुइ बर्ष देखि जस्ता पाता माग गर्दा नगरपालिकाको कमजोरी वा ब्यवास्ताका कारण गर्दा प्राप्त गर्न सकेकी छैनन , । उनको आर्थिक अबस्था अत्यन्तै दयनिय छ ।
उनको श्रीमान दोश्रो बिबाह गरेर घर देखि सम्पर्क बिहिन छ्न । उनको नातिलाइ जन्म जात क्यान्सर रोग लागेको छ ।
सन्धिखर्क न. पा का प्रमुखको चुनाबि नारा गरिब निमुखा असायलाइ जस्तापाता निशुल्क बितरण गर्ने साथै नगर भित्रका खरको छानो र ढुगाको छानो मुक्त पारि उक्त स्थानमा नगरपालिकाले निशुल्क जस्ता पाता उपलब्ध गराउने उद्घोष गरेका थिए। । आफ्नो चुनाबि प्रतिबध्दता गरेर यसरि कार्यान्वयन नगर्ने मेयरको कार्य प्रति नगरपालिका बासि आक्रोसित छ्न ।
पिंडीत रामप्यारि परियारको घरको छानोको निम्ति जस्ता पाताको बिषयमा सन्धिखर्क न पा वडा न ४ का वडाअध्यक्ष कृस्न श्रेष्ठ सघ प्रतिक्रिया माग्दा उनले निज पिडीत रामप्यारि परिवारलाइ रु चालिस हजार वडा देखि दिन सक्छु तर उक्त रकम अपुग हुने बताए। साथै नगरपालिका देखि यथेष्ट बजेट नछुटाउदा जस्ता पाता बितरणमा कठिन भएको प्रतिकृया दिए।