१७ औं स्थापना दिवसका अवसरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन (निजामति) अर्घाखाँचीद्वारा बिरामीहरुलाई फलफुल वितरण (तस्बिर सहित)

 

 

 

Advertisement

 

-अनिल नेपाली , अर्घाखाँची डट्कम। 

अर्घाखाँची। नेकपा ( माओबादी केन्द्र ) निकट नेपाल रास्ट्रिय कर्मचारी संगठन ( निजामती ) तथा नेपाल रास्ट्रिय कर्मचारी महासंघ अर्घाखाँचीद्वारा आफ्नो १७ आै स्थापना दिवसको पुबसन्ध्याकाे अबसरमा विविध कार्यक्रम सम्पन्न गर्दै दिवसको समापनको अबसर पारी अर्घाखाँची अस्पतालमा रहेका बिरामीहरुको सिघ्र स्वास्थ लाभको कामना गर्दै फलफूल बितरण गरेको छ ।

२०६४ सालमा स्थापना भएको यस संगठनले प्रभावकारी जनसेवा र पेशागत अधिकार सुनिश्चितताको लागी नेपाल रास्ट्रिय कर्मचारी संगठन सुशासन र रास्ट्रिय समृद्धिको अभियानमा कर्मचारी परिचालन भन्ने मुलनाराका साथ आफ्नो १७ औं स्थापना दिवस मनाएको छ ।

No description available.

शनिबार अर्घाखाँची अस्पतालमा आयोजित फलफुल बितरण कार्यक्रममा नेकपा ( माओबादी केन्द्र ) का केन्द्रिय सदस्य तथा जिल्ला सहइन्चार्ज ठाकुर कुमार बिक , प्रदेश समितिका सचिवालय सदस्य तथा जिल्ला संयोजक राजेन्द्र भुसाल ,अर्घाखाँची अस्पतालका प्रमुख मे.सु. जगन्नाथ तिवारी , संगठनका जिल्ला अध्यक्ष यादव सापकोटा ,

 

महासंघका जिल्ला अध्यक्ष पुर्ण पराजुली ,संगठन तथा महासंघका पदाधिकारी तथा सदस्यहरु नेपाल पत्रकार महासंघका जिल्ला अध्यक्ष अशोक खनाल , प्रदेश सदस्य प्रेमनारायण आचार्य , पत्रकार महासंघका जिल्ला सहसचीव अनिल नेपाली ,कोषाअध्यक्ष रुद्रमणि भुसाल, पत्रकारहरु सागर महत, नवीन रसायली लगायतको उपस्थित रहेको थियो ।

No description available.

शुभकामना आदानप्रदान कार्यक्रम संगठनका अध्यक्ष यादव सापकोटाको अध्यक्षता तथा महासंघका अध्यक्ष पुर्ण पराजुलीको संचालनमा सम्पन्न भएको थियो ।

 

अन्य समाचारहरु